देशभर मौसम बदली, अझै भारी वर्षा हुने सम्भावना

काठमाडौं, साउन ३ । देशभर शुक्रबार आंशिकदेखि सामान्य बदली रहेर केही स्थानहरुमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका मध्य र पूर्वी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। भारी वर्षाका कारण नदी तथा खोलाहरुमा पानीको बहाव बढेर बाढीपहिरो तथा डुबानको समस्या निम्तिन सक्ने भन्दै सचेत रहन भनिएको छ । शुक्रबार राति पनि मौसम यस्तै रहने मौसमविदको भनाई छ ।

कमेन्ट गर्नुहोस्