आज फेरि तोलामा कतिले बढ्यो सुनको भाऊ ?

काठमाडौं, साउन २ । साताको अन्तिम दिन अर्थात शुक्रबार बजारमा सुनको भाऊ फेरि पाँच सय रुपैयाँले नै बढेको छ ।

बिहीबार प्रतितोला सुनको मूल्य ६५ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर प्रतितोला सुनको मूल्य ६५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै, बिहीबार तेजावी सुनको मूल्य ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर प्रतितोला सुनको मूल्य ६५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, शुक्रबार फेरि बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ ।

बिहीबार चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको थियो भने आज फेरि चाँदी प्रतितोला ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्