एक्सनमा मन्त्री दुलालः छडके हान्दै एक्कासी भक्तपुर अस्पताल पुगेपछि

काठमाडौँ । प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल एकाएक भक्तपुर जिल्ला अस्पताल पुगेपछि अस्पतालका कर्मचारी चकित परे ।

मन्त्री कसैलाई भेटन आएका होलानु् भन्ने उनीहरुलाई पर्यो । तर मन्त्रीले अस्पताल कार्यालय पुगेर कागजागत हेर्न थालेपछि भने कतिपयको मुटुको ढुकढुकी बढेको देखिन्थ्यो ।

मन्त्री दुलालले डाक्टर, नर्स, कर्मचारीहरुको हाजिर हेरेपछि बिरामी कक्षको समेत अवलोकन गरे ।

बिरामीको निकै चाप हुने अस्पताल हो भक्तपुर जिल्ला अस्पताल । सरकारी अस्पतालमा लापरवाही हुने, औषधीदेखि चिकित्सकसम्म उपलब्ध नहुने र नीजिमा जनताको ढाड सेकिने परिपाटीको अन्त्य गर्ने अठोट सहित मन्त्री दुलाल छडेकामा अस्पताल पुगेको उनका सहयोगीले बताए ।

मन्त्री दुलालले भक्तपुर जिल्ला अस्पतालको इमेरजेन्सी कक्ष, ओपीडी, ल्याबहरु, प्रशासनिक क्षेत्र सबैतिर निरीक्षण गरे ।

निरिक्षणपछि मन्त्री दुलाले जनताको मर्म बुझेर चिकित्सक सेवा प्रदान गर्न निर्देशन दिए । प्रशासनलाई चुस्तदुरुस्त राख्न समेत उनको निर्देशन थियो ।

कमेन्ट गर्नुहोस्