काभ्रे संगमको ‘काले गुन्डा’ बजारमा (भिडियोसहित)

काठमाडौं । काभ्रे संगम म्युजिक प्रा.लिको प्रस्तुतिमा लक्ष्मी दर्नालको ‘काले गुन्डा’ बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ । गायक किरण गौतमको लय तथा शब्दमा तयार भएको ठट्यौली लोक दोहोरी गीत गायिका गिता देवि, लक्ष्मी दर्नाल र किरण गौतमले आवाज दिएका छन् ।

अर्जुन सिलवालको निर्देशनमा सागर गौतमले छायांकन गरेको म्युजिक भिडियोलाई पदम सुबेदिले सम्पादन गरेका हुन् ।यो गीतको म्युजिक भिडियोमा लक्ष्मि दर्नाल र सन्जिब ठकुरीको अभिनय देख्न सकिन्छ।

कमेन्ट गर्नुहोस्