क्रिकेटमा २ नयाँ नियम लागू, कप्तानलाई ठूलो राहत

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले क्रिकेटमा नयाँ नियम लागू गर्ने भएको छ । आइसीसीले खेलका क्रममा सुस्त गतिमा ओभर सकेको भन्दै गरिने सजायमा परिर्वतन गरेको हो ।

विगतमा सुस्त ओभर सकेको भन्दै टिमका कप्तानलाई कारवाही गरिने भए पनि अब भने यस्तो व्यवस्था हुने छैन । अब खेलका क्रममा सुस्त गतिमा ओभर सक्दा कप्तानलाई मात्र नभई पूरै टिमलाई नै कारवाही हुनेछ । यो नियम लागू भएसँगै कप्तान निलम्बनमा पर्ने खतरा पनि हटेको छ । तर, सुस्त गतिमा ओभर सक्दा आइसीसी टेस्ट च्याम्पियनसिपका क्रममा खेलाडीको अंक भने काटिने विभिन्न अन्तर्राष्ट्रिय  सञ्चार माध्यमले जनाएका छन् ।

यसअघि सुस्त गतिमा ओभर सक्दा कप्तानले म्याच फिको ५० प्रतिशत जरिवाना तिर्नुपर्ने हुन्थ्यो । यदि लगातार यस्तो कार्य दोहोर्याएमा कप्तानमाथि प्रतिबन्ध लाग्ने नियम थियो । यस्तै आइसीसीले अर्को नयाँ नियम पनि लागू गरेको छ । अब खेलका क्रममा बलले लागेर खेलाडी घाइते भएमा उनको सट्टामा अर्को खेलाडीले मौका पाउने छन् ।

कमेन्ट गर्नुहोस्