बिस्फोटमा परी मृत्यु भएका सिंहले लेखेका थिए, ‘मेरो जिन्दगीको आयू कति छ भनेर मलाई के थाहा’

कैलाली, साउन ३ । ‘यो आकाशको उचाइ कति छ भनेर कसलाई के थाहा? मेरो जिन्दगीको आयू कति छ भनेर मलाई के थाह, फेसबुकमा रहेका सबै साथीलाई न्यायो माया ।’ यो स्टाटस बिहीबार धनगढीमा भएको बम बिष्फोटमा ज्यान गुमाएका बझाङका राम सिंहले लेखेका हुन् ।

यो स्टाटस लेखेको ४ दिनमै उनले यो संसार छाडेका छन् । आफैले बोकेको बम बिस्फोट हुँदा बिहीबार बिहान उनको मृत्यु भएको हो । बझाङको जयपृथ्वी नगरपालिका १ नौरा स्थायी घर भएका सिंह हाल कञ्चनपुरमा बस्दै आएका थिए ।

सिंह पूर्व माओवादी लडाकुसमेत रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । साथै सिंह गत महिला घट्टेकुलो बम बिस्फोटमा परि ज्यान गुमाएका बझाङकै प्रज्वल शाहीका आफन्त समेत रहेका स्थानीयले बताएका छन् । वर्ष ३५ का सिंह घरबाट पहाड जाने भन्दै निस्केको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

बिहीवार साँझ विस्फोटबाट सिंहको पछाडिको भागमा निकै चोट लागेको थियो । उनले झोला भिरेका थिए । त्यही झोलाभित्र रहेको बम भित्तामा अडेस लगाउदा प्रेसरले पडकिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

विस्फोटमा कम्मर पछाडिको भाग गुमाएका सिंहलाई उपचारका लागि तत्काल बाहिर लैजानु पर्ने भएपनि बाहिर लैजान नसकेपछि उनको मृत्यु भएको हो । घट्नास्थलमा स्टीलको टिफिनका टुक्रा भेटिएको कैलाली प्रहरी डिएसपी दक्ष बस्नेतले जानकारी दिए । बस्नेतले राम सिंह र उनीसँगै रहेका कञ्चनपुरको बेलडाँडीका लक्ष्मण सेरेला विप्लव माओवादीका कार्यकर्ता भएको बताए ।

दुबै जनासँगै होटलमा आएको अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले एक थान ९ एमएमको चाइनीज पेस्तोल पनि बरामद गरेको छ । म्यागजीन भित्र गोली भरिएको अवस्थामा पेस्तोल फेला परेकाले डिएसपी बस्नेतले बताए । घट्नास्थलमा से ७ प ३१४४ नम्बरको मोटरसाईकलसमेत फेला परेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्