बलात्कारको आरोपमा प्रहरी सहायक निरीक्षक पक्राउ

रौतहट, साउन ३ । बलात्कारको आरोपमा एक जना प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन् ।

गत असार ३१ गते चन्द्रनिगाहपुरको माउण्ट एरिवा गेष्ट हाउसमा २० वर्षीय एक युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रसनि राजेन्द्र साह पक्राउ परेका हुन् ।

बारा जिल्ला गढीमाई नगरपालिका घर भई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रसनि साहलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको पहलमा मकवानपुर प्रहरीले पक्राउ गरी जिम्मा लगाएको प्रहरी नायव उपरीक्षक ९प्रनाउ० कवित कटुवालले जानकारी दिनु भयो ।

याे पनि पढ्नुस  लोकतान्त्रिक पद्धति विकासका लागि वाम गठबन्धन : मन्त्री साह

इप्रका चन्द्रनिगाहपुरले गरेको अनुसन्धानले प्रसनी साह मकवानपुरबाट तानिएका हुन् । गेष्ट हाउसको ३०६ नम्बर कोठामा बलात्कार गरेको पीडितको उजुरीको आधारमा प्रसनी साह पक्राउ परेका हुन् ।
पक्राउ परेका साहलाई जिल्ला अदालत रौतहटबाट ५ दिनको म्याद थप भई थप अनुसन्धानमा राखिएको प्रनाउ कटुवालले बताउनुभयो । गोरखापत्रदैनिकबाट

कमेन्ट गर्नुहोस्