जिन्दगीकाे के भराेेेसा भन्दै परराष्ट्रमन्त्री ज्ञवालीलेे गरे अङ्गदान

काठमाडौं, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा उनकी धर्मपत्नी सरस्वती ज्ञवालीले मरणोपरान्त अङ्गदान गरेका छन्। भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गएर अङ्गदान गरेकाेे ज्ञवालीले उल्लेख गरेका छन् ।

मन्त्री ज्ञवालीले ट्वीटरमा लेख्दै जिन्दगीकाे भराेसा नभएकाेले अंगदान गरेकाे जनाएका छन् । ‘दुवै बूढाबुढीले आजश शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा मरणोपरान्त अङ्गदान गरेर आयौँ। जिन्दगीको के भरोसा छ र!’ उनले लेखेका छन् ।

ट्वीटमा उनले अगाडि भनेका छन्, ‘जति दिन बाँचिन्छ, समाजमा थोरै भए पनि उज्यालो छर्दै बाँच्न सकियोस् र मृत्युपर्यन्तसमेत कसैका लागि अलिकति भए पनि काम लाग्न सकियोस्– बस् यत्ति कामना छ।’

कमेन्ट गर्नुहोस्