औषधि बोकेर बाढी प्रभावित जिल्ला पुगे डा. गोविन्द केसी

रौतहट, साउन ३ । डा. गोविन्द केसी औषधि बोकेर बाढी प्रभावित जिल्ला रौतहट पुगेका छन् । बाढी प्रभावित इशनाथ नगरपालिकाको बन्जरहामा वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले बाढी पीडित नागरिकको स्वास्थ्य परीक्षण गरेका छन् ।

बाढीको डुबानमा रहेको इशनाथको बन्जरहामा महामारी फैलने सम्भावना बढ्दै शुक्रबार बिहान रौतहट सदरमुकाम गौर आइपुगेका डाक्टर केसीले बन्जरहाको स्थानीय स्वास्थ्य चौकीमा गएर त्यहाँ आउने बिरामीको स्वास्थ्य परीक्षण गरेका हुन् ।

याे पनि पढ्नुस  रौतहटमा थप २२ जनामा कोरोना संक्रमण

उनले बाढीबाट प्रभावित बस्तीका बासिन्दाहरुमा झाडापखाला, भाइरल ज्वरो, छाला रोग, आउँलगायतका बिरामीहरुको स्वास्थ्य परीक्षण गरेर निःशुल्क रुपमा औषधि वितरण गरेका छन् । स्थानीय स्वास्थ्यकर्मीहरुको सहायतामा बन्जरहाका बिरामीहरु डा। केसीसँग स्वास्थ्य परीक्षण गराए ।

बाढी आएको आठ दिनसम्म पनि जिल्ला स्वास्थ्य कार्यालय तथा स्थानीय विपद् व्यवस्थापन समितिबाट स्वास्थ्य परीक्षणसम्बन्धी कुनै क्याम्प सञ्चालन नगरेको अवस्थामा डा. केसी आएर परीक्षण सुरु गर्दा बिरामीको चाप बढेको इशनाथ कार्यपालिका सदस्य तथा बन्जरहा निवासी ग्रिषनन्दन सिंहले बताए ।

कमेन्ट गर्नुहोस्