Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

दुवाकाेटमा वीर अस्पताल निर्माण गर्न नमिल्ने, चीनले दियाे यस्ताे प्रतिवेदन

काठमाडौं । भक्तपुरकाे दुवाकाेटमा वीर अस्पताल बनाउन नमिल्ने प्रारम्भिक प्रतिवेदनले सुझाव दिएकाे छ ।

अस्पताल बनाउन चीनले चासाे दिएकाे थियाे ।

शुक्रबार स्वास्थ सचिव पुष्पा चाैधरीले याे कुराकाे खुलासा गरेकी हुन ।

मन्तालयमा अायाेजित कार्यक्रममा बाेल्दै स्वास्थ्यसचिव डा. पुष्षा चौधरीले भक्तपुरको दुवाकोटमा वीर अस्पतालको विस्तारित भवन बनाउन चीनले रुचि देखाएकोमा प्रारम्भिक अध्ययनबाट उक्त ठाउँमा अस्पताल बनाउनै नमिल्ने प्रतिवेदन दिएपछि अस्पताल निर्माणमा ढिलाइ भएको बताइन् ।

अस्पताल निर्माणका लागि अन्यत्र कहाँ जमिन खोज्ने भन्ने विषयमा छलफल नै नभएको पनि उनले बताइन् ।

यसबाट अस्पताल बिस्तारकाे काम अलपत्र परेकाे छ ।

साेही कार्यक्रममा गत आर्थिक वर्षमा मन्त्रालयले अघि सारेका ६ प्रतिशत कार्यक्रममात्र सम्पन्न हुन नसकेको र १५ प्रतिशत काम अझैपनि जारी रहेको पनि जानकारी दिइयो ।

शुुक्रबार मन्त्रालयमा आर्थिक वर्ष २०७५/०७६ का उपलब्धिहरु प्रस्तुत् गर्दै मन्त्री यादवले सरकारले गत वर्ष ल्याएको नीति तथा कार्यक्रमको ७९ प्रतिशत काम सम्पन गरेको दाबी गरे ।

देशका ४६ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू गरिएको र विपन्न नागरिक कार्यक्रमअन्तर्गत् विभिन्न ८ प्रकारका रोगको सेवा लिनेको संख्या ३५ हजार ६०० पुगेको पनि कार्यक्रममा जानकारी दिइयो 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: