काठमाडौंको केशरमहलमा दुर्घटनाः एकको मत्यु, एकजना गम्भीर घाइते

काठमाडौं, साउन ४ । केशरमहल चोक नजिकै शुक्रबार राति भएको स्कुटर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। प्रहरीका अनुसार ना ३ ख ७५६१ नम्बरको रोकिराखेको टिपरमा बा ९२ प ६५६५ नम्बरको स्कुटर राति साढे १२ बजे ठोक्किँदा स्कुटर चालक काठमाडौं बुढानीलकण्ठका सञ्जय ठकुरीको मृत्यु भएको हो।

याे पनि पढ्नुस  बेनिघाटमा बस आपसमा ठाेक्किँदा चालककाे मृत्यु, १८ घाइते

दुर्घटनामा गम्भीर घाइते भएका ठकुरीको नेशनल अस्पताल कलंकीमा शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाबाट गम्भीर घाइते भएका ठकुरीलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो। तर, त्यहाँ उपचार हुन नसकेपछि उनलाई राति नै नेशनल अस्पताल लगिएको थियो। स्कुटर पछाडि सवार कलंकीका विशाल लुइटेलको ट्रमा सेन्टरमै उपचार भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाकारी दिएको छ।

कमेन्ट गर्नुहोस्