कैलालीमा प्रहरीको हाइअलर्ट

काठमाडौं, साउन ४ । बिहीबार धनगढीमा एकजनाको ज्यान जाने गरी भएको विस्फोटपछि प्रहरीले कैलालीमा  आइअलर्ट जारी गरेको छ। अहिले प्रहरी परिचालन बढाइएको छ भने चेकजाचँमा समेत कडाइ गरिएको छ ।

सुदूरपश्चिम प्रदेशको राजधानीमा समसाँझै भएको विस्फोटले सर्वसाधारणसमेत त्रसित बनेका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीले यस्ता गतिविधि गर्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ । कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले गलत क्रियाकलाप गर्नेहरूमाथि कडा कारबाही हुने बताएका छन् ।

‘व्यक्ति वा संस्था भन्ने होइन गलत गर्ने जो भए पनि कारबाहीको भागीदार बन्नुपर्छ’, उनले भने। सहायक प्रमुख जिल्ला अधिकारी जोशीले जिल्लाका सुरक्षा निकायहरूलाई चनाखो हुन निर्देशन जारी गरिएको बताए। ‘जिल्ला स्थित सुरक्षा निकायलाई चनाखो रहन निर्देशन दिएका छौँ’ उनले भने, ‘यस्ता गतिविधि अब नियन्त्रण हुन्छ।’

कमेन्ट गर्नुहोस्