चट्याङमा परेर रुखमुनि खेलिरहेका ८ बच्चाको मृत्यु, १० सिकिस्त

नवादा, बिहार । बिहारको नवादा जिल्लामा चट्याङ खस्दा ८ जना बालबालिकाको मृत्यु भएको छ । घटनामा १० जना बालबालसका जलेका छन् । घाईतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

प्राप्त जानकारी अनुसार, धानपुर गाउँमा दिउँसो दुई बजेतिर २५ जना बालबालिका रुखमुनि खेलिरहेका थिए । त्यहि बेला आकाशीय बिजुलि खस्न पुग्दा दुर्घटना भएको हो ।

बालबालिकाको मृत्युमा मुख्यमन्त्री नितिश कुमारले शोक व्यक्त गरेका छन् । मृतक परिवारलाई ४ लाख दिने घोषणा सरकारले गरेको छ । मृतकहरुमा नीतीश मांझी, रमेश मांझी,छोटू मांझी,गणेश मांझी,छोटी मांझी,मुन्नी लाल मांझी, मोनू र प्रवेश कुमार रहेका छन् ।

कमेन्ट गर्नुहोस्