कतारमा ‘सकारात्मक सोचः रचनात्मक जीवन’ कार्यक्रम सम्पन्न

दोहा, कतार । मानव सेवा आश्रमको केन्द्रिय कोषको सहयोगार्थ गोरखा सेवा समाज कतारको आयोजनामा भएको ‘सकारात्मक सोचः रचनात्मक जीवन’ कार्यक्रम सम्पन्न भएको छ । कतारको दोहामा शुक्रबार सम्पन्न कार्यक्रममा प्रमुख प्रशिक्षक एवं मानब सेवा आश्रम नेपालका अध्यक्ष रामजी अधिकारीले सकारात्मक सोच र डा. राजु अधिकारीले योग विज्ञान तथा मानव चेतनाको बारेमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा प्रशिक्षक डा. अधिकारीले छोटो समय र कार्यस्थलमा पनि योगको माध्यमबाट कसरी शरीरलाई स्वास्थ्य राख्न सकिन्छ भन्ने बारे प्रशिक्षण दिएका थिए । उनले नेपालीले आफ्नो खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा गम्भीर समस्या देखा पर्न लागेको भन्दै स्वस्थ्य रहन पहिला आफनो भान्छा सफा बनाउनु पर्ने बताए । साथै डा. अधिकारीले दैनिक थोरै समय योगलाई दिए मात्रै पनि शरीरलाई धेरै किसिमका रोग लाग्नबाट बचाउन सकिने भन्दै सहभागीलाई आफ्नो स्वास्थ्यप्रति समयमै सचेत बन्न आग्रह गरे ।

याे पनि पढ्नुस  नवनिर्वाचित एनआरएनए एनसीसीलाई प्रवासी नेपाली एकता मञ्च कतारको बधाई

यस्तै अर्का प्रशिक्षक रामजी अधिकारीले दैनिक गरिने कामलाई कसरी सकारात्मक सोच राखेर जीवनलाई नै रचनात्मक बनाउन सकिन्छ भन्ने बारे प्रशिक्षण दिएका थिए । उत्प्रेरक समेत रहेका अधिकारीले जनजनमा मानवता प्रवर्द्दनका लागि सकारात्मक सोच, सृजनशिलता, रचनात्मकता, मानवीयता र सामाजिक भावनाको विकास सँगसँगै असल नागरिक निर्माण गरि समृद्द एवं मानवीयताको राष्ट्र नेपाल निर्माणको मुख्य अभिष्ट रहेको बताए ।

याे पनि पढ्नुस  बागलुङका रमेश भट्ट एन आरएन आइसिसि सदस्यमा बिजयी

देश तथा बिदेशका बिभिन्न ठाउँहरुमा प्रशिक्षण कार्यक्रम गर्दै समाजमा मानवता प्रवर्द्धनमा टेवा पुर्याउदै आएका असहायहरूका सेवक तथा उत्प्रेरक मानवसेवा आश्रम नेपालका अध्यक्ष समेत रहेका रामजी अधिकारी कार्यक्रमको लागी कतारमा दोश्रो पटक आएका हुन् ।

गोरखा सेवा समाज कतारका अध्यक्ष राजेश्वर ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीको तर्फबाट स्याङ्जा सहयोग समाज कतारका अध्यक्ष अजमत अलिले आयोजक तथा प्रशिक्षकद्वयलाई कतारमा नयाँ कार्यक्रम भएको भन्दै सभागी हुने अवसर पाएको भन्दै आभार व्यक्त गरेका थिए ।

याे पनि पढ्नुस  एनआरएनए एनसिसि कतारको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक सम्पन्न, प्रवक्तामा क्षत्री

सो अवसरमा कार्यक्रमलाई सहयोग गर्ने सहयोग दातालाई सम्मान गरिएको थियो भने सहभागिलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन कार्यक्रमका संयोजक एवं समाजका वरिष्ठ उपाध्यक्ष रामजी खत्रीले गरेका थिए । कार्यक्रममा २ सय ४० जनाले सभागिता जनाएको समाजका सचिव बिकास श्रेष्ठले बताए ।

कमेन्ट गर्नुहोस्