टि–२० विश्वकप छनोटः कस्तो छ नेपालको प्रतिस्पर्धीको वरियता?

काठमाडौं । सिंगापुरमा आयोजना हुने आईसीसी टि–२० विश्वकप एसिया फाइनलको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ जाने तयारीमा छ । मलेसिया विरुद्धको टि–२० सिरिज जितेर आत्मविश्वासले भरिएको नेपाली टिमको लक्ष्य विश्वकपमा छनौट हुनेछ ।

विश्वकप २०२० मा अष्ट्रेलियामा हुने छ । नेपालले विश्वकप छनोटका लागि जूलाई २२ देखि २८ तारिखसम्म हुने एसिया फाइनल खेल्दै छ । एसिया फाइनलमा नेपालसहित सिंगापुर, मलेसिया, कतार र कुवेत पनि छन् ।

याे पनि पढ्नुस  नयाँ टि–२० वरीयता सार्वजनिक, नेपालको अवस्था कस्तो छ?

यदि नेपाल फाइनलको शीर्षमा पुगे विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ । ग्लोबल छनोट ११ अक्टोबरदेखि ३ नोभेम्बरसम्म यूएईमा हुँदैछ । यूएई भने आयोजकको रुपमा स्वतः ग्लोबल छनोटमा प्रवेश गरिसकेको छ ।

एसिया फाइनलमा नेपालको पहिलो खेल कतारविरुद्ध छ । यी दुई टिमबीचको खेल २३ जूलाईमा हुँदैछ । यस्तै नेपालले दोस्रो खेलमा मलेसियाविरुद्ध २४ जुलाई, २७ जुलाईमा कुवेत र २८ जूलाईमा सिंगापुरसँग खेल्ने छ ।

एसिया फाइनल खेल्ने पाँच राष्ट्र मध्ये नेपाल मात्र एकदिवसीय मान्यता प्राप्त पाए देश हो । अन्य टिमभन्दा नेपाललाई बलियो मानिएकाले उपाधि जित्दै ग्लोबल छनोटमा पुग्ने आकलन पनि गरिएको छ ।

याे पनि पढ्नुस  नयाँ टि–२० वरीयता सार्वजनिक, नेपालको अवस्था कस्तो छ?

आईसीसी वरियतामा नेपाल ११ औं स्थानमा छ । नेपालपछि वरियतामा कतार २१ औं स्थानमा छ । यस्तै आयोजक सिंगापुर २३ औं, कुवेत २८ औं र मलेसिया ३५ औं स्थानमा रहेका छ ।

एसिया फाइनलको शीर्ष स्थानमा रहने टिमले आउँदो नोभेम्बरमा यूएईमा हुने आईसीसी टि–२० विश्वकप छनोटमा स्थान पक्का गर्नेछ ।

याे पनि पढ्नुस  नयाँ टि–२० वरीयता सार्वजनिक, नेपालको अवस्था कस्तो छ?

क्षेत्रिय छनोटबाट आएका अफ्रिका, अमेरिका, एसिया, युरोप र पूर्वी एसिया प्यासिफिकका राष्ट्रसंगै गत संस्करणको टि–२० विश्वकप खेलेका राष्ट्र हङकङ, आयरल्याण्ड, नेदरल्याण्ड, ओमान, स्कटल्याण्ड, आयोजक युएई र जिम्बाबे गरि १४ राष्ट्रको सहभागिता हुने छन् । विश्वकप छनोटमा शीर्ष ६ स्थान सम्मका राष्ट्रले आगामी बर्ष अस्ट्रेलियामा हुने आईसीसी टि–२० विश्वकपमा सहभागिता जनाउने मौका पाउने छन् ।

कमेन्ट गर्नुहोस्