भारतका धेरै राज्यमा एकपछि अर्को भूकम्पको झड्का

काठमाडौं, साउन ४ । भारतका विभिन्न राज्यमा भूकम्पको धक्का महशुस गरिएको छ । भारतको हिमाञ्चल, सानीपत र महाराष्ट्रमा आज भूकम्पको धक्का महशुस गरिएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । आज बिहान सबैभन्दा पहिले हिमाञ्चल प्रदेशमा भूकम्पको धक्का महशुस गरिएको थियो ।

याे पनि पढ्नुस  हुम्लालाई केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प

हिमाञ्चलपछि सोनीपत र महराष्ट्रमा पनि भूकम्प गएको छ । यस्तै अरुणाञ्चल प्रदेशमा पनि भूकम्पको ठूलो धक्का महशुस गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

भूकम्प स्थानीय समयअनुसार बिहान ४ बजेर २४ मिनेटमा आएको भारतको मौसम विभागले बताएकाे छ । भारतीय सञ्चार माध्यमका अनुसार ५.५ रेक्टर स्केलको भूकम्पको धक्का महशुस गरिएको छ ।

याे पनि पढ्नुस  लमजुङ केन्द्र बनाएर बिहानै भूकम्पको धक्का

यस्तै दिल्लीका केही स्थानमा पनि भूकम्पको धक्का महशुस गरिएको छ । अहिलेसम्म मानविय क्षति भएको घटना भने बाहिर आएका छैनन् । शुक्रबार आसाममा पनि भूकम्पले झड्का दिएको थियो ।

कमेन्ट गर्नुहोस्