ह्याप्पी बर्थ डे कामरेड !

रमेश विश्वकर्मा । “एउटा असल नेता देशको सम्पति हो, एउटा निडर नेता जनताको आशा हो, देशको भविष्य हो, त्यस कारण भीम रावल देश र जनताको नेता हुन् सर्वप्रथम ६४औ जन्म दिनको हार्दिक मंगलमय शुभकामना !” एउटा कार्यक्रममा नेता रावलले भनेको एउटा कुराले मलाई कहिलेकाहीँ क्लिक गरि रहन्छ ।

आज भन्दा ३०–४० वर्ष अगाडिको सुदूरपश्चिमेली समाजमा सामाजिक रुपान्तरण, राजनितिक परिवर्तन, आर्थिक र साँस्कृतिक परिवर्तन गर्छु भनेर हिँड्ने साहस गर्नुलाई पागलपनको संज्ञा दिईन्थ्यो । जातिय छुवाछुत, छाउपडि प्रथा, सामन्तहरुको विरोध गर्दा त्यस समाजले कयौ चोटी पागल करार गरेको तितो अनुभव रावलले कार्यक्रममा सुनाउँदा हल स्तब्ध बनेको थियो ।

अहिले पनि अछामलाई भारतको आसाम सम्झने विद्धवानहरु नेपालमा जिवितै छन् । यो बुझाई तत्कालिन केन्द्रिय शासन व्यावस्थाले गरेको व्यावहार परिणाम हो । तत्कालिन सुदूरपश्चिमी समाजको आर्थिक सम्बन्ध काठमाडौं भन्दा भारतसँग बढि थियो ।

तत्कालिन समाजमा दलितहरुको अवस्था कस्तो थियो होला? सहजै कल्पना गर्न सकिन्छ । महिलाको अवस्था कस्तो थियो होला ? सामाजिक कुसंस्कार, छाउपडि प्रथाको अवस्था कस्तो थियो होला ? दलित र महिलाको मात्र होईन उपल्लो जाति र अन्य समुदायको सामाजिक अवस्था पनि सन्तोषजनका थिएन । दयनिय सामाजिक संरचना भित्र उपल्लो जाति माथि पनि उत्पिडन नै थियो । अहिलेको गण्तन्त्रान्त्रिक व्यावस्थासम्म आई पुग्दा पनि सुदूरपश्चिमका विकट वस्तिहरुमा जातिय विभेद्ध र लैगिंक उत्पिडन भयावह व्यवहार विद्यमान छ । र, पनि तत्कालिन समाजमा विभेद्धका विरुद्ध, लैगिंक हिंसाका विरुद्ध, छाउपडि प्रथाका विरुद्ध, सामन्तका विरुद्ध आवाज उठाउने साहस गर्नु त झन चुनौती नै थियो ।

एउटा सच्चा, ईमान्दार र राष्ट्रवादी नेताको छवि बनाएका रावल पछिल्लो समय जनताका प्रत्यक्ष जीवनसँग जोडिएका विषयवस्तुमा निरन्तर वकालत गरि रहेका छन् । भीम रावल नेकपाको नेता मात्र होइनन्, नेपाली जनताको एउटा आशा र युवा जमातको अविभावक पनि हुन् ।

सामन्तवादी समाज र सुदूरपश्चिमी जनताको केन्द्रिय सत्तासँग पारस्परिक सम्बन्ध थिएन । केवल त्यहाँका सामन्त र राजामहाराजाको सम्बन्ध केन्द्रसँग थियो । सुदूरपश्चिमी जनताको केन्द्रिय सत्ता र देशको अन्य क्षेत्रसँग सम्बन्ध जोडिएको त केवल २०४६ परिवर्तन पश्चात मात्र हो । अहिले पनि अछामलाई भारतको आसाम सम्झने विद्धवानहरु नेपालमा जिवितै छन् । यो बुझाई तत्कालिन केन्द्रिय शासन व्यावस्थाले गरेको व्यावहार परिणाम हो । तत्कालिन सुदूरपश्चिमी समाजको आर्थिक सम्बन्ध काठमाडौं भन्दा भारतसँग बढि थियो ।

दयनिय सामाजिक संरचना भित्र उपल्लो जाति माथि पनि उत्पिडन नै थियो । अहिलेको गण्तन्त्रान्त्रिक व्यावस्थासम्म आई पुग्दा पनि सुदूरपश्चिमका विकट वस्तिहरुमा जातिय विभेद्ध र लैगिंक उत्पिडन भयावह व्यवहार विद्यमान छ ।

थोरै मान्छे काठमाडौं आउँथे भारतको बाटो हुँदै । त्यो पनि भारत गएर कोईलावाल रेल चढेर त्यहि कोईलाले चल्ने रेल चढेर केन्द्रिय सत्तासँग संघर्ष र क्षेत्रिय उत्पिडनको गोवर सोहार्न रावल काठमाडौं आउनु भएको थियो । सामान्य विद्यार्थीको झोला बोकेर काठमाडौं प्रवेश गरेका रावलको सपना अहिले पनि उस्तै छ, साहस उस्तै छ, सक्रियता उस्तै छ ।

एउटा सच्चा, ईमान्दार र राष्ट्रवादी नेताको छवि बनाएका रावल पछिल्लो समय जनताका प्रत्यक्ष जीवनसँग जोडिएका विषयवस्तुमा निरन्तर वकालत गरि रहेका छन् । भीम रावल नेकपाको नेता मात्र होइनन्, नेपाली जनताको एउटा आशा र युवा जमातको अविभावक पनि हुन् । त्यहीँ अविभावक र एउटा कुशल नेता तथा नेकपा सुदूरपश्चिम प्रदेशको ईन्चार्ज, नेकपा स्थायी कमिटी सदस्य रावलले आज ६४औ जन्म दिन मनाउँदै गर्दा, नेपाली राजनीतिमा ईमान्दारिता र राष्ट्रिय स्वार्थ उन्मुख नेताको खडेरी देखिएको अवस्थामा रावलप्रतिको भरोसाको ग्राफ तिव्र रुपमा बढ्दो छ ।

जातिय छुवाछुत, छाउपडि प्रथा, सामन्तहरुको विरोध गर्दा त्यस समाजले कयौ चोटी पागल करार गरेको तितो अनुभव रावलले कार्यक्रममा सुनाउँदा हल स्तब्ध बनेको थियो ।

आगामी वर्षहरुमा नेता रावलले उठाएको राष्ट्रियताको झण्डा अझ गर्भिलो रुपमा माथि उठोस्, सबै नागरिकमा उहाँको झण्डालाई निरन्तर बचाई रहने शौभाग्य मिलोस्, आगामी निर्वाचन र राष्ट्रिय राजनीतिले उहाँको राजनितिक यात्राको उच्चतम विन्दु प्रदान गरोस्। फेरी पनि ६४औ जन्मदिनको अवसरमा नेता रावललाई, दिर्घायू, सु–स्वाथ्य र खुसी जीवनको हार्दिक मंगलमय शुभकामना !

कमेन्ट गर्नुहोस्