२ दिनदेखि १२ वर्षीया बालिका वेपत्ता

घोराई, साउन ३ । दाङको दंगीशरण गाउँपालिका–६ राजपुर निवासी जयबहादुर कुँवरकी १२ वर्षीया छोरी गरिमा कुँवर २ दिनदेखि तुलसीपुरबाट हराएकी छन् ।

तुलसीपुर बजार आएकी कुँवर हराएपछि परिवारले खोजी गरिदिन अपिल गरेको छ । शुक्रवार घरबाट तुलसीपुर बजार आएकी बालिका घर नफर्किएपछि परिवार चिन्तामा छ ।

वेपत्ता बालिकाको खोजीका लागि परिवारले सबैमा अनुरोध समेत गरेको छ । गहुँगोरो वर्ण, अनुहार लाम्चो, कपाल छोटो, उचाई करिब ५ फिट अग्ली बालिकाले कालो तथा सेतो रंग मिसिएको टिसर्ट र जिन्स पाइन्ट लगाएकी र गोल्डेन रंगको व्याग बोकेकी बालिकाकी आमा राधा कुँवरले जानकारी दिइन् ।

कमेन्ट गर्नुहोस्