बंगलादेश क्रिकेटमा कप्तान परिवर्तन, कसले पाए जिम्मेवारी?

काठमाडौं, साउन ४ । बंगलादेश क्रिकेट टिममा कप्तान परिवर्तन गरिएको छ । नियमित कप्तान मसरफे मुर्तुजा घाइते भएपछि श्रीलंकाविरुद्धको सिरिजका लागि तमिम इकबाललाई कप्तान बनाइएको छ ।

बंगलादेश क्रिकेट बोर्डका अनुसार मीरपुरमा भइरहेको ट्रेनिङमा मुर्तुजा घाइते भएपछि इकबाललाई अन्तरिम कप्तानको रुपमा श्रीलंका पठाइएको हो । यस सिरिजमा शाकिब अल हसन र लिटन दासलाई विश्राम दिइएकाले पनि इकबालले कप्तानी गर्ने मौका हुन् ।

यस्तै अर्का अलराउण्डर मोहम्मद सैफुद्दिन पनि घाइते भएकाले उनी पनि श्रीलंका जान पाएनन् । मोर्तजा र सैफुद्दिनको ठाउँमा टास्किन अहमद र फरहाद राजाले मौका पाएका छन् । बंगलादेशले श्रीलंकाका तीन वटा एक दिवसीय खेल खेल्नेछ । सिरिजका तीन वटै खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा हुनेछ ।

बंगलादेश टिमः तमिम इकबाल (कप्तान), सौम्य सरकार, मोहम्मद मिथुन, अनामुल हक, मुश्फिकुर रहिम, महमुदुल्लाह, मोसाद्दिक होसन, सब्बीर रहमान, फरहाद राजा, मेहिदी हसन मिराज मुस्तफिजुर रहमान, रुबेल हुसेन, टास्कीन अहमद र तैजुल इस्लाम

कमेन्ट गर्नुहोस्