स्कुल बसले किच्दा बालकको ज्यान गयो

काठमाडौं । बसले किच्दा भारतको यमुनानगरमा शनिबार स्कुल बस कुरिरहेका साढे तीन वर्षीय बालकको ज्यान गएको छ । दुर्घटना यमुनानगरको गुन्दियाना गाउँमा भएको हो । घटनामा विरेन सिंह नाम गरेका बालकको ज्यान गएको हो ।

स्थानीय शान्ति निकेटन स्कुलमा पढ्ने बालक घर नजिकै स्कुल बस पर्खेर बसेका थिए । उनी बस चढ्न खोज्दा लडेका थिए । उनी यसै वर्ष विद्यालय भर्ना भएका थिए ।

चालकले तिव्र गतिमा बस चलाउने गरेको भन्दै अभिभावकले पहिलेदेखि नै स्कुल व्यवस्थापलाई गुनासो गर्दै आएका थिए । प्रहरीले चालकमाथि लापरवाहीपूर्ण सवारी चलाएर दुर्घटना गराएको आरोपमा कारबाही गर्ने जनाएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्