ज्योति मगर र रुद्रसेन विश्वकर्माको मैथिली गीत ‘कानोमे आँहाके झुम्का’ सार्बजनिक

चर्चित गायक रुद्रसेन विश्वकर्मा र चर्चित गायिका ज्योति मगरको सुमधुर आवाजमा रहेको मैथिली गीत ‘कानोमे आँहाके झुम्का’ सार्वजनिक भएको छ ।

दर्जनौ चर्चित नेपाली, भोजपुरी तथा मैथिली गीतहरुमा स्वर दिइसकेका भर्सटायल गायक रुद्रसेन विश्वकर्मा र नेपाली सांगीतिक क्षेत्रकी चर्चित गायिका ज्योति मगरको स्वरमा रहेको दिवानी एल्बमबाट मैथिली गीत ‘कानोमे आँहाके झुम्का’ भर्खरैमात्र आरजे म्युजिक प्रोडक्सन य़ुट्युब च्यानलमार्फत नेपाली सांगीतिक बजारमा आएको छ ।

शब्द तथा संगीत गायक रुद्रसेन विश्वकर्माको नै रहेको यस गीतलाई बिशाल निरौलाले एरेन्ज गरेका छन् । छायाँकार दिपक गिरीले छायांकन गरेको भिडियोलाई प्रदिपकुमार रसाइलीले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् ।

म्युजिक भिडियोमा गायक तथा मोडल रुद्रसेन बिश्वकर्मा र रिचा थापालाइ फिचर्ड गरिएको छ । सार्वजनिक भिडियोलाई निरकुमारी विश्वकर्माले निर्माण गरेकी हुन् । भिडियो हेर्नुहोस

कमेन्ट गर्नुहोस्