दाङ देउखुरी समाज यूएईको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा नारायण आचार्य

यूएई, असार ५ । दाङ देउखुरी समाज यूएईको दोस्रो अधिवेशन शनिवार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष कमल गिरीको सभापतित्व एवं नेपाली समाज यूएईका अध्यक्ष चन्द्र प्रसाद (सिपी) सापकोटाको प्रमुख आतिथ्यतामा दुबई स्थित नशा लोक दोहरीको सभाहलमा सम्पन्न अधिवेशनले नारायण आचार्यको नेतृत्वमा आगामी (२०१९–२१) कार्यकालका लागि २१ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित भएको छ।

कार्यक्रममा विशिष्ट अतिथिकारुपमा प्रबुद्ध ब्याक्तित्व दाङ निवासी प्रोफेसर शशिधर बेल्वासे र प्रदेश ५ सम्पर्क समिति यूएईका अध्यक्ष राजु खड्काको उपस्थिति रहेको थियो । यस्तै यूएई स्थित अन्य संघ–संस्थाका प्रमुख, प्रतिनिधि एवं यूएईमा रहने दाङवासीको समेत उल्लेख्य उपस्थिति थियो ।

उपाध्यक्ष सूर्य बहादुर केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा संस्थाको (२०१७–१९) आर्थिक प्रतिवेदन कोषाध्यक्ष धनिराम सुवेदीले पेश गरेका थिए । त्यस्तै सस्थाको कार्यप्रगति प्रतिवेदन पेश गर्दै महासचिव नारायण आचार्यले संस्था गठन भएसँगै यसले यूएईमा रहेका जिल्लावासीको अप्ठ्यारो परिस्थितिमा अभिभावकीय जिम्मेवारी निर्वाह गरेको, गृह जिल्ला दाङमा आईपर्ने विविध किसिमका प्राकृतिक, दैविक एवं मानवीय बिपत्तिसंगै सिंगो मुलुकमा आईपरेका महाबिपत्तीका समयमा राहत उद्दारका साथै यूएईमा विभिन्न समयमा कानूनी झमेला झेल्दै आइरहेका अन्य नेपालीको हकमा समेत संस्थाले आफ्नो उद्देश्य अनुरुप सहयोग र सहकार्य अगाडि बढाइरहेको जानकारी गराएका थिए ।

याे पनि पढ्नुस  यूएईमा रानाभाट तथा भाट समाज गठन

कार्यक्रममा मन्तव्य राख्दै पाल्पाली समाज यूएईका अध्यक्ष बेद प्रसाद अर्यालले यूएईमा रहेका सामाजिक संस्थाहरुको कार्यगत एकतामा जोड दिनुपर्ने बताए । यसैगरी अन्तर्राष्ट्रिय रोल्पाली समाज यूएईका महासचिव कुमार केसीले दाङसँगको समन्वयमा गत र यस बर्षसमेत संयुक्त रूपमा तीज बिशेष कार्यक्रमसहित विभिन्न अभियानमा समन्वय गरेको जनाउँदै आगामी दिनमा समेत सहकार्य र समन्वय जारी रहने धारणा व्यक्त गरे ।

त्यस्तै कास्की आदर्श समाज यूएईका अध्यक्ष केदार कुँवरले पछिल्ला दिनमा दाङ देउखुरी समाज यूएईले सामाजिक कार्यमा गरेको योगदानको चर्चा गर्दै आगामी दिनमा समन्वय सहकार्यमार्फत् प्रभावकारी योजना अगाडि बढाउने बताए । हाल नेपालसहित यूएईमा निःशुल्क प्राथमिक उपचार तालिम चलाउँदै आएका सामाजिक अभियन्ता ओम उप्रेतीले यूएईमा रहेका नेपालीलाई सचेतनासहित आपतकालिन् अवस्थामा जीवनरक्षाका लागि तालिमका कार्यक्रम अगाडि बढाउन सके प्रभावकारी रहने धारणा राखेका थिए ।

याे पनि पढ्नुस  सहयोग लिएर दूतावासमा धर्ना दिन जानु निन्दनीयः एनआरएन यूएई  

प्रदेश नं. ५ सम्पर्क समिति यूएईका अध्यक्ष राजु खड्काले हाल मुलुकको संघीय संरचना अन्तर्गत प्रदेश नं. ५ अन्तर्गतका जिल्लाको छाता संस्थाका रुपमा समिति गठन भएकाले आगामी दिनमा जिल्लाका संस्थाले समन्वय र सहकार्यमा सामाजिक गतिविधिमा अगाडि बढ्ने र त्यसमा ‘दाङ देउखुरी समाज’ को प्रभावकारी भूमिका रहने धारणा ब्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै दाङ निवासी प्रबुद्ध ब्यक्तित्व प्रोफेसर शशिधर बेल्वासेले प्रदेशको आम्दानिलाई स्वदेशमा समेत उत्पादनमूलक कार्यमा लगाउन सके त्यसले दिर्घकालीन लाभ दिने र यसरी नै सामूहिकपनको विकास गरि साझेदारीका रुपमा लाग्न पर्नेमा जोड दिँदै अन्य अनुभवका आधारमा यूएईमा विविध क्षेत्रका रहेका नेपाली अभियन्ता मार्फत् यूएईमा रहेका नेपालीको ब्यक्तित्व एवं सीप विकासका लागि तालिम, कार्यशाला र गोष्ठीको आयोजना गर्न सके त्यसले थुप्रै नेपाली लाभान्वित हुने बताए ।

कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली समाज यूएईका अध्यक्ष चन्द्र प्रसाद (सिपी) सापकोटाले अफ्नो अढाई दशकभन्दा लामो यूएई बसाईबाट यूएईका सामाजिक संस्थाको आवश्यकता यसको गठन प्रक्रिया, सामाजिक संस्थाले हालसम्म पुर्याएको भूमिका, यूएईमा हाल नेपालीको अवस्थासंगै सामाजिक संस्थासहित यहाँका नेपालीको अबको भबिष्यका बिषयमा बिस्तृत जानकारी गराएका थिए ।

याे पनि पढ्नुस  यूएईमा समस्यामा परेका नेपालीलाई सेन्चुरी बैंकद्वारा राहत प्रदान

अधिवेशनबाट आगामी कार्यकाल (२०१९–२१) का लागि नारायण आचार्यको अध्यक्षतामा नव निर्वाचित कार्यसमितिमा प्रथम वरिष्ठ उपाध्यक्षमा सूर्य बहादुर केसी, उपाध्यक्षमा धनिराम सुवेदी, महासचिवमा गोपाल केसी, सचिवमा गेहेन्द्र खड्का, सह–सचिवमा नारायण भण्डारी, कोषाध्यक्षमा बिजय केसी, सह–कोषाध्यक्षमा मौसम परियार ,प्रवक्तामा तिलक वली चयन भएका छन् ।

त्यस्तै सदस्यमा शर्मिला डाँगी, बालकृष्ण बुढा, मनिषा पुन, शिवा मल्ल, बिपना थापा, भोजराज आचार्य, आरोही पाण्डे, प्रेम चौधरी, देव वली, बिरेन्द्र खड्का र अर्जुन छिनाल रहेका छन् । भने, सांस्कृतिक बिभाग प्रमुखमा हरि डांगी चयन भएका छन्।

संस्थाको संरक्षकमा निवर्तमान अध्यक्ष कमल गिरीलाई चयन गरेको छ भने प्रमुख सल्लाहकारमा नरेश सेनसहित सल्लाहकारमा क्रमश सन्तोष धिताल, पिम बहादुर केसी, देवराज वली, बिश्वदेव शाहसहित प्रेस सल्लाहकारमा जि.के. दङ्गाली (गणेश खत्री) चयन भएका छन्।

कमेन्ट गर्नुहोस्