कञ्चनपुरमा ‘स्टार र्‍याप ब्याटल’ हुँदै

कञ्चनपुर, साउन ५ । स्टार प्रोडक्सनको आयोजना तथा सिलिकन एजुकेसन नेटवर्कको मुख्य प्रायोजनमा साउन ६ र ७ गते महेन्द्रनगरमा ‘स्टार र्‍याप ब्याटल २०१९’ हुने भएको छ । २ दिनसम्म चल्ने ब्याटलमा कैलाली र कञ्चनपुरका १६ जना प्रतियोगीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । स्थानीय क्षेत्रमा भएका प्रतिभाको विकास गर्ने उद्देश्यकासाथ कार्यक्रम गर्न लागिएको हो ।

प्रथम, द्धितिय र तृतीय हुनेलाई गिफ्ट ह्याम्पर, म्युजिक अफर, कन्सर्टहरुमा गाउने अवसर र प्रमाणपत्र प्रदान गरिने छ । उक्त ब्याटलको लाइभ फेसबुक पेजका साथै स्टार प्रोडक्सनको युटुब च्यानलबाट पनि हेर्न सकिने छ ।

कमेन्ट गर्नुहोस्