कमजोरी सुधार्न नसक्दा प्रदेश सरकार समस्यामाः नेता रावल

कैलाली, साउन ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सुदूरपश्चिम ईन्चार्ज भीम रावलले कमजोरी सुधार्न नसक्दा प्रदेश सरकार समस्यामा परेको बताएका छन् । आइतबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता रावलले विगतका कमी कमजोरी सुधार्नका लागि छ महिना अगाडि देखि नै आग्रह गर्दा पनि प्रदेश सरकारले सुधार्न नसक्दा सरकारको सत्तापक्षबाटै विरोध भएको हुनसक्ने बताएका हुन्।

‘गत बर्षको बजेट प्रदेश सरकारले प्रस्तुत गर्दा पनि सत्तापक्षकै प्रदेश सभा सदस्यहरुले संसोधनको माग सहित हस्ताक्षर संकलन गर्ने बताएका थिए,’ नेता रावलले भने, ‘सो समयमा सरकारले पहिलो पूर्ण बजेट ल्याएकाले सम्झाई बुझाई हस्ताक्षर संकलन गर्नबाट रोके, तर यस बर्ष बजेटमा पनि सन्तुष्टि जनाउन सक्ने वातावरण नभएकाले हस्ताक्षर संकलन भएको होला।’

यस बर्ष सत्तारुढ सासंदबाटै भएको हस्ताक्षर संकलनमा आफ्नो कुनै संग्लनता नरहेको उनले दावी गरे। उनले यसअघि सुरुवातको समय भएकाले कमी कमजोरी भएपनि जनताले स्वीकारेपनि फेरी तिनै कमी कमजोरी दोहोर्याउँदै गए जनताको विश्वास समेत घट्दै जाने आशंका व्यक्त गरे। दिनेश खबरबाट

कमेन्ट गर्नुहोस्