चलचित्र ‘काँचुली’को दोस्रो गीत ‘मुस्काएर अलि अलि’ सार्वजनिक

काठमाडौं, साउन ५ । बिजी बर्मा फिल्मसको ब्यानरमा कला राईको प्रस्तुतिमा रहेको नेपाली कथानक चलचित्र ‘काँचुली’को दोस्रो गीत ‘मुस्काएर अलि अलि’ सार्वजनिक भएको छ ।

शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा निर्माण गरिएको चलचित्रमा जीवनका विभिन्न घटना क्रमहरुलाई चलचित्रमा समेटिएको छ । गायिका नित्याशिवा र शम्भु रैकाको आवाज अनि शंकर अधिकारी घायलको गीतर संगीत रहेको छ ।

याे पनि पढ्नुस  स्वस्तिमाको आमा बन्न प्रियंका तयार भइन् भने फुपू बन्न अस्वीकार गरिन् वर्षाले

गीतमा रविन श्री र अस्मीलाई चलचित्रमा डेब्यु गरिएको छ । जीवनका रोमान्चिक पलहरुलाई समेटेर तयार गरिएको छ । राजन महर्जनको कोरियोग्राफीमा सुशील डाँगीको छायांकन, विश्वास भण्डारीको सम्पादन, नृत्य राजन महर्जन रहेको छ ।

साउन २४ गते रिलिज हुने काँचुलीका वितरक तिरुपती पिक्चर्सले वित्तहरण गर्ने भएको छ । ‘मुस्काएर अलि अलि’ गीतको पस्रा भिडियो हेर्नुहोस्

याे पनि पढ्नुस  चलचित्र 'इन्टु मिन्टु लण्डनमा’ र ‘बाँध मायाले’ एकसाथ भिड्दै

 

कमेन्ट गर्नुहोस्