भारत भर्सेस वेस्ट इन्डिजः धोनीबिना सिरिज जित्ला भारत?

काठमाडौं, साउन ५ । वेस्ट इन्डिज विरुद्धको टि–२०, वान डे र टेस्ट सिरिजमा भारतीय टिमका पूर्व कप्तान एवं विकेटकीपर ब्याट्सम्यान महेन्द्रसिंह धोनीलाई विश्राम दिइएको छ । धोनीलाई तीन वटै फम्र्याटमा समावेश गरिएको छैन । उनीसँगै विश्वप २०१९ खेलेका विकेटकीपर ब्याट्सम्यान दिनेश कार्तिकलाई पनि टिमबाट हटाइएको छैन ।

दुवै विकेटकीपरलाई विश्राम दिएपछि तिन ओटै फम्र्याटमा ऋषभ पन्तले विकेटकीपिङको मौका पाएका छन् । यो पटक टिममा राहुल चहर, नवदीप सैनी र दीपक चहरलाई नयाँ अनुहारका रुपमा देखिने छन् । दीपक र राहुल दाजुभाई हुन् ।

हार्दिकलाई पनि आराम
वेस्ट इन्डिज विरुद्धको टि–२०, वान डे र टेस्ट सिरिजका लागि घोषणा गरिएको टिममा अलराउन्डर हार्दिक पाण्ड्याको नाम समावेश भएको छैन । भरतीय मिडियाका अनुसार उनी पिठ्यूमा देखिएको समस्याका कारण आज घोषणा गरिएको टिममा समावेश नभएका हुन् ।

घोषणा अघि टिम छनोटकर्ताले सबै खेलाडीको फिटनेस रिपोर्ट माग गरेको थियो । यस्तै वेस्ट इन्डिजसँगको सिरिजमा महेन्द्रसिंह धोनी र दिनेश कार्तिकलाई आरम दिइएको छ । बलर जसप्रित बुमराहलाई टेस्ट सिरिजमा मात्र समावेश गरिएको छ ।

भारतले २ अक्टोबरदेखि वेस्ट इन्डिजविरुद्ध सिरिज खेल्दै छ । उसले वेस्ट इन्डिजसँग तीनतीन खेलको टि–२० र वान डे तथा २ खेलको टेस्ट सिरिज खेल्न लागेको हो । विश्वकप २०१९ पनि दुवै टिमको यो पहिलो सिरिज हो ।

टि–२० का लागि घोषणा गरिएको टिमः विराट कोहली (कप्तान), रोहित शर्मा, शिखर धवन, केएल राहुल, श्रेयस अय्यर, मनिष पाण्डे, ऋषभ पन्त, कुणाल पाण्ड्या, रविन्द्र जडेजा, वासिङटन सुन्दर, राहुल चहर, भुवनेश्वर कुमार, खलिल अहमद, दीपक चहर र नवदीप सैनी ।

वान डेका लागि टिमः विराट कोहली (कप्तान), रोहित शर्मा, शिखर धवन, केएल राहुल, श्रेयस अय्यर, मनिष पाण्डे, ऋषभ पन्त, कुणाल पाण्ड्या, रविन्द्र जडेजा, कुलदीप यादव, युजवेन्द्र चहल, केदार जाधव, मोहम्मद सामी, भुवनेश्वर कुमार, खलिल अहमद, नवदीप सैनी ।

टेस्ट सिरिजका लागि टिमः विराट कोहली (कप्तान), अजिँक्य रहाणे, रोहित शर्मा, मयंक अग्रवाल, केएल राहुल, चेतेश्वर पुजारा, हनुमा बिहारी, ऋषभ पन्त, ऋद्धिमान शाह, रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, कुलदीप यादव, इशान्त शर्मा, मोहम्मद सामी र उमेश यादव ।

कमेन्ट गर्नुहोस्