Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

विश्वकप फाइनलका अम्पायर धर्मसेनाले स्वीकारे यस्तो गल्ती

काठमाडौँ, साउन ५ । विश्वकप क्रिकेटको फाइनल खेलका अम्पायर कुमार धर्मसेनाले इङल्याण्डलाई ‘ओभरथ्रो’ बापत दिइएको ‘६ रन’बारे आफ्नो त्रुटी  स्वीकार गरेका छन् ।

धर्मसेनाले उक्त ‘ओभरथ्रो’मा आफूले ‘एक रन कम दिनुपर्ने’ तर भूलवश पाँचको सट्टा छ रन दिइएको स्वीकार गरेका हुन् ।

१९९६ को विश्वकपमा तत्कालीन विश्व च्याम्पियन श्रीलंकाली टोलीको प्रमुख सदस्य रहिसकेका ४८ वर्षीय धर्मसेनाले आइतबार ‘सनडे टाइम्स’सँग कुराकानीको क्रममा आफूले उक्त निर्णयको ‘रिप्ले’ हेर्दा आफूबाट गल्ती भएको स्वीकार गरे ।

न्युजिल्याण्ड र इङ्ल्याण्डबीच खेलिएको फाइनल खेलको पचासौं ओभरमा मार्टिन गप्तिलले स्टम्पलाई लक्षित गर्दै फालेको बल हतारमा दोस्रो रन पूरा गर्न दौडिएर ‘डाइभ’ हानेका बेन स्टोक्सको ब्यात्मा लागेर सीमारेखा पारी गएको थियो।

क्रिकेटको नियम अनुसार फिल्डिङका क्रममा बलिङ् पक्षबाट बल सीमारेखा पारी गएको खण्डमा ब्याटिङ् गर्ने टीमले पाउने थप चार रन पाउने गर्छ ।

ओभरथ्रोबापत गएका अतिरिक्त रनले गर्दा खेल बराबरीमा पुग्न गयो ।

सोही र्न्लाई टेकेर धर्मसेनाले इङ्ल्याण्डलाई छ रन दिएका थिए । तर पछि उक्त निर्णयको भिडियो फुटेजहरूमा बल ‘ओभरथ्रो’ हुँदासम्म दोस्रो रन पूरा नभइसकेकाले इङ्ल्याण्डलाई उक्त समय पांच रन मात्रै दिइनु पर्ने कुरा उठेको थियो ।

उक्त निर्णय म्याच पल्टाउन महत्त्वपूर्ण भएको थियो र इङ्ल्याण्डले न्युजिल्याण्डसँग स्कोर बराबर गर्न सकेको थियो ।

तर अनुभवी मानिएका अम्पायर धर्मसेनाले आफूलाई उक्त निर्णयका कारण आएको नतिजाप्रति भने कुनै पश्चाताप नभएको बताए ।

उनले भने हामीलाई मैदानमा ‘टीभी रिप्ले’को सुविधा हुँदैन । ब्याट्सम्यानले दोस्रो रन पूरा गरेको थियो या थिएन भन्ने पक्का गर्न त्यसको आवश्यकता हुने गर्दछ ।”

उनले थपे, “मैले ‘लेग अम्पायरसँग सल्लाह गरेर मात्र उक्त निर्णय लिएको हुँ । मैले उनीसँग सल्लाह गर्दा जुन संचारव्यवस्थाको प्रयोग गरेको थिए त्यसलाई म्याच रेफ्री र अन्य अम्पायरहरूले प्रत्यक्ष सुन्न सक्थे ।”

पूर्व अस्ट्रेलियाली अम्पायर साइमन तौफेलले फक्स स्पोर्ट्स अस्ट्रेलियालाई दिएको एउटा अन्तर्वार्तामा ब्याट्सम्यानले रन पूरा नै नगरेकोमा अम्पायरको हातबाट ‘स्पष्ट त्रुटी’ भएको बताएका थिए । तर उनले पनि यस निर्णयले मात्रै म्याचको नतिजा बदलिदिएको भन्ने कुराको भने खण्डन गरेका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: