जिल्ला इन्जार्चमा खगराज भट्टको असन्तुष्टि, केन्द्रीय सदस्य त्याग्ने धम्की

काठमाडौं, साउन ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को डडेल्धुरा इन्चार्ज तोकिएका खगराज भट्टले जिल्ला इन्चार्जमा असन्तुष्टि जनाएका छन् । आज मात्रै जिल्ला इन्जार्च तोकिएका उनले सात नम्बर प्रदेश इन्चार्ज भीम रावल र अध्यक्ष कर्ण थापालाई सन्देश पठाएर जुनियरको मातहत इन्चार्ज नबस्ने भन्दै असन्तुगिट जनाएका हुन् । भट्टले इन्जार्च नस्वीकार्ने बरु केन्द्रीय सदस्य नै त्याग्ने चेतावनीसमेत बताएका छन् ।

उनले आफू २०६० सालदेखि केन्द्रीय सदस्य रहेर जिम्मेवारी पूरा गरेको र अहिले पहिलोपटक अपमानित महसुस गर्नुपरेको गुनासो गरे । नेता भट्टले भने, ‘जुनियरमातहत इन्चार्ज बस्नु मेरो क्षमता, योग्यता, त्याग, समर्पण, निष्ठा र बलिदानको अपमान हो । मैले प्रदेश प्रमुख र इन्चार्जलाई म्यासेज पठाइसकेको छु’ उनले भने, ‘सचिवालयले दिएको इन्चार्ज खानुपर्ने हो भने केन्द्रीय सदस्य त्याग्न तयार छु ।’ पूर्वमाओवादी केन्द्रका भट्ट सुदूरपश्चिमका इमान्दार नेता मानिन्छन् ।

कमेन्ट गर्नुहोस्