नेकपाको भरतपुर महानगर इन्चार्जमा रेनु दाहाल

काठमाडौँ, साउन ५ । नेकपाको सचिवालय बैठकले भरतपुर महानगरपालिकाको इन्चार्जको जिम्मेवारी रेनु दाहाललाई सुम्पेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले चितवन जिल्लाको इन्चार्जमा कृष्णप्रसाद खनाललाई तोकेको छ।

दाहाल भरतपुर महानगरपालिका प्रमुख हुन् भने खनाल यस अघि साविक नेकपा एमालेमा पनि जिल्ला इन्चार्ज रहेका थिए र हाल उनी प्रदेश छन्।

त्यस्तै जिल्लाको सह इन्चार्जमा इश्वरीप्रसाद भट्टराई, गंगाकुमारी बेलवासे, ज्ञानु वस्नेत सुवेदी रहेका छन् ।

भट्टराई साविक माओवादी केन्द्रको जिल्ला इन्चार्ज रहेका थिए । नेकपाले जिल्ला र महानगरको इन्चार्जहरू टुङ्गो लगाएसँगै अब नगरपालिका र गाउँपालिकाको इन्चार्जहरुको टुङ्गो लगाउन बाँकी रहेको छ । जिल्लाको अध्यक्ष र सचिव यस अघिनै तोकि सकेको छ ।

कमेन्ट गर्नुहोस्