राेपाईं गरेेर फर्किदा ३ किशोरीकाे मृत्यु

दाङ — खाडलकाे पानीमा डुबेर आइतबार बेलुका ३ किशोरीको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १८ कैनेस्थित वर्षाले भरिएको खाडलमा डुबेर घोराही १८ अम्बापुरकी १९ वर्षीया बसन्ती बिक, घोराही १८ सालघारीका २० वर्षीया झरना बिक र उनकी बहिनी १८ वर्षीया अमृता बिकको मृत्यु भएको हो । 

खेतमा रोपाइँ गरेर घर फर्कने क्रममा खाडलमा हातखुट्टा धुन थाल्दा उनीहरू डुबेको जिल्ला प्रहरीले जानकारी दिएको छ । एउटालाई बचाउन खोज्दा अर्को डुब्दै सबै जनाको ज्यान गएको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्