उत्तर काेरियामा निर्वाचन सम्पन्न, शत प्रतिशत सहभागी

प्योङयाङ उत्तर कोरियामा आइतबार स्थानीय स्तरको जनप्रतिनिधि चयनका लागि निर्वाचन सम्पन्न भएको छ ।

प्रान्त, शहर तथा जिल्लास्तरीय नेतृत्व चयनका लागि स्थानीय समय अनुसार बिहान ९ बजेदेखि मतदान शुरू भै दिनभर मतदान भएको थियाे ।

मतदानमा झण्डै ९९.९८ प्रतिशत मतदाताले सहभागिता रहेकाे काेरियालि समाचार एजेन्सी केसीएनएले जनाएको छ ।

निर्वाचनबाट स्थानीय सरकारका रूपमा चिनिने स्थानीय प्रशासक (गभर्नर), नगर प्रमुख तथा गाउँ प्रमुख तथा अन्य पदाधिकारीको छनोट हुनेछ ।

उत्तर कोरियाको सर्वोच्च जनसभा (सुप्रिम पिपल्स एसेम्ली) का लागि गत मार्चमा निर्वाचन भएको थियो भने यस पहिले स्थानीय निर्वाचन सन् २०१५ मा भएको थियो । -सिन्ह्वा/picture: AP Photo/Jon Chol Jin

कमेन्ट गर्नुहोस्