काठमाडौं जादै गरेको माइक्रो बस दुर्घटना हुँदा १३ जना यात्रु घाइते

चितवन । चितवनको कालिका नगरपालिका स्थित खोलेसिमलबाट काठमाडौं जाँदै गरेको माइक्रो बस दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन । बिहान काठमाडौंका लागि हिँडेको सो माइक्रोबस बिहान ७ः४५ बजे दुर्घटना भएको धादिङ प्रहरीले जनाएको छ । थाक्रे गाउँपालिका–१ खयरवारि भन्ने ठाऊमा बा ५ ख ३१५१ नम्बरको सो माइक्रोबस दुर्घटना भएको हो । सो माइक्रोबसलाई मिनि बसले ठक्कर दिँदा त्रिशूलिमा खसेको थियो ।

याे पनि पढ्नुस  दुई वर्षकी छोरीले यसो गरेपछि गयो आमाको ज्यान

सो माइक्ररोबस सडकबाट करिब ५० मिटर तल खसेको थियो । १३ जना यात्रु मध्य २ जनाको हात भाचिएको अनुमान प्रहरीले गरेको छ । सबै यात्रुको उद्दार गरि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्