‘औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६’ भदौ २५ गते हुने

काठमाडौँ, साउन ६ । ‘औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६’ यही आउँदो भदौ २५ गते राष्ट्रिय नाचघर जमलमा हुने भएको छ ।उक्त अवार्डको लागि श्रावन महिनाभरि आवेदन फारम खुल्ला रहेको छ भने भदौको दोश्रो हप्ताभित्र टप ५ मनोनयन सार्वजनिक गरिने जानकारी आयोजक सस्थाका अधक्ष्य सन्दिप महतले जानकारी गराएका छन् ।

विगत लामो समयदेखि नेपालको विभिन्न जिल्लाहरुमा औधोगिक व्यापार मेला महोत्सब तथा सांगीतिक कार्यक्रम आयोजना गरी सयौं कलाकारहरुलाई स्टेज प्रदान आएको सस्था औधोगिक शान्ति नेपाल सस्थाले सांगीतिक क्षेत्रमा नया आयाम थप्नको लागि तथा सांगीतिक व्यक्तित्वहरुलाई सम्मान गर्नका लागि म्युजिकका विभिन्न विधातर्फ ‘औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६’ गर्ने भएको हो ।

म्युजिक अवार्ड आबेदनको लागि दर्ता फारम खुल्ला रहेको छ । जसका लागि २०७५ बैशाखदेखि २०७५ चैत अन्तिमसम्मका गीत संगीत समावेश गरिने भएको छ भने नवप्रतिभाको हकमा २०७५ भित्र गीत निकालेको हुनुपर्ने छ ।

सन्दिप महतको अधक्ष्यतामा हुने यस अवार्ड कार्यक्रमको संयोजक तथा कार्यक्रम निर्देशक सुर्य चन्द रहेका छन् । उत्कृष्ट नवप्रतिभा, रचनाकार, लोक तथा दोहोरी गायक पुरुष–महिला, राष्ट्रिय गीत, पप–आधुनिक–प्ले व्याक सिंगर गायक र गायिका, भाषा भाषिका गीत म्युजिक भिडियो, एल्बम लगायत विभिन्न विधामा अवार्ड प्रदान गरिने छ  ।

औधोगिक शान्ति नेपाल सस्था कला साँस्कृतिक कार्यक्रम, ब्यापार मेला महोत्सवको लागि एक चिरपरिचित सस्था हो । देशभरका विभिन्न जिल्लामा गएर हजारौं बेरोजगार नागरिक, साना ठुला ब्यापारी, कलाकारदेखि स्थानिय बासिन्दा सम्मलाई प्रत्यक्षरुपमा रोजगारी प्रदान गर्दै राष्ट्रिय तथा स्थानीय उत्पादनलाइ प्रोत्साहन गर्दै उचित बजार व्यवस्थापन गर्दै आएको औद्योगिक शान्ति नेपाल सस्था एक युवाहरुको सस्थागत समूह हो । यस संस्थामा अध्यक्ष सन्दिप महत, उपाधक्ष्य राजकुमार खड्का, महासचिव शंकर गुरुङ, कोषाधक्ष्य प्रितम मल्ल, मिडिया तथा कलाकार संयोजक सुर्य चन्द तथा सचिवालय व्यवस्थापक बिनोद जैसवाल, कार्यालय सचिब बिमल सुर्खेती रहेका छन । स्थानिय धार्मिक, साँस्कृतिक तथा पर्यटन क्षेत्रलाइ समेत प्रवर्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटनलाइ समेत वृद्धि गर्दै सस्थामा आबद्द युवाहरु गायक, गायिका, हाँस्य कलाकार, तथा अन्य कलाकारका समेत प्रिय बनेका छन । साँस्कृतिक मेला महोत्सवले गर्दा कलाकारहरुले समेत रोजगारी पाउदै आएका छन् ।

विभिन्न महोत्सव तथा सास्कृतिक कार्यक्रम गर्दै आएको सस्था औद्योगिक शान्ति नेपाल सस्थाले सांगीतिक क्षेत्रको बृहत्तर हितको लागि तथा सांगीतिक क्षेत्रमा समर्पित भएका व्यक्तित्वहरुको लागि सम्मान तथा अवसरको लागि ‘औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६’ गर्न लागेको हो ।

अवार्डमा नेपाली गीत संगीतको क्षेत्रमा योगदान पुर्याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ । यसका साथै समाजका विभिन्न प्रतिष्ठित व्यक्तिलाइ सम्मान समेत प्रदान गरिने भएको छ ।

औद्योगिक शान्ति नेपाल सस्थामा आवद्ध रहेर ब्यापार व्यवसाय गर्दै आएका पाँच उत्कृष्ट व्यापारीलाई समेत अवार्ड प्रदान गरिने कुरा सस्थाका उपाधक्ष्य राजकुमार खड्काले जानकारी गराएका छन् ।

“औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” को लागि आबेदन फर्म भर्न चाहने इच्छुक गायक गायिकाले क्रियटिभ इन्साइट मिडियाको कार्यालय बागबजारमा सम्पर्क गरेर आवेदन फर्म भर्न सक्नेछन् ।

कमेन्ट गर्नुहोस्