चट्याङमा परी ३६ जनाको मृत्यु

काठमाडौं । उत्तर प्रदेशमा आइतवार राति चट्याङमा परेर ३२ जनाको मृत्यु भएको छ। यस राज्यको अलग–अलग जिल्लामा ३२ को मृत्यु हुँदा १३ जना घाइते भएका छन्। कानपुर र फतेहपुरमा सबैभन्दा धेरै ७–७ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

याे पनि पढ्नुस  चट्याङ लागेर जुम्लामा २५० भेडा मेर

राजस्थानको झालावाडमा पनि महिलासहित चारजनाको ज्यान गएको छ। पाली जिल्लामा २७ जना मजदुर घाइते भएका छन्। यी मानिस आइतवार पानीबाट जोगिन रुखमुनि ओत लागेका थिए। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्राकृतिक बिपत्तिमा दुःख जनाएका छन्। उनले मृतकका परिवारलाई ४-४ लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन्।

याे पनि पढ्नुस  ट्राफिक प्रहरीको व्यवहारले लियो ज्यान, हर्ट अट्याक भएर युवकको मृत्यु

कमेन्ट गर्नुहोस्