विवादमा अफगानी क्रिकेट टिम, पूर्वकप्तान नाइबले लगाए गम्भीर आरोप

काठमाडौं, साउन ६ । अफगानी क्रिकेट टिमले हालै इंग्ल्याण्ड र वेल्समा सम्पन्न एकदिवसीय विश्वकप क्रिकेटमा एउटा खेलमा पनि जीत हासिल गर्न सकेन । प्रतियोगितामा एउटा पनि जीत हासिल नगर्दा अफगानिस्तान टिमको चर्को आलोचना पनि भयो । अहिले पनि टिमको प्रदर्शनबारे चर्चा जारी छ । खराब प्रदर्शनकै कारण विश्वकप सकिएपछि गुलबदीन नाइबलाई कप्तानबाट हटाइएको छ । उनलाई उक्त जिम्मेवारीबाट हटाएसँगै राशिद खानलाई तिन आटै फम्र्याटको कप्तानमा नियुक्त गरिएको छ ।

याे पनि पढ्नुस  टेस्ट क्रिकेटः ३ म्याच खेल्ने वित्तिकै नाबीले लिए सन्यास

यसैबीच, विश्वकपमा कप्तान रहेका नाइबले अफगानी अनुभवी क्रिकेटरमाथि हार्नुको गम्भीर आरोप लगाएका छन् । उनले सिनियर खेलाडीले जानीजानी खराब खेलेको आरोप लगाएका हुन् । पूर्वकप्तान नाइबले अफगानी पक्रकारको एक प्रश्नमा भनेका छन्, ‘हामी विश्वकपमा बढी समय सिनियर्स खेलाडीमा निर्भर थियौं । तर, उनीहरुले जानीजानी उत्कृष्ट प्रदर्शन गरिरहेका थिएनन् । साथै सिनियर्स खेलाडी हारपछि पनि दुखी हुनुको सट्टा हाँसिरहेका हुन्थे ।’

याे पनि पढ्नुस  अफगानिस्तानका रहमत शाहले रचे इतिहास

यस्तै नाइबले विश्वकपमा खेलका क्रममा बलरहरुले आफूले भनेको समर्थन नगरेको आरोपसमेत लगाएका छन् । विश्वकप सुरु हुनु केही समयअघि अश्गर अफगानलाई अटाएर नाइबलाई कप्तानमा चयन गरिएको थियो ।

कमेन्ट गर्नुहोस्