साम्राज्ञीको अर्को ‘बोल्ड अवतार’ (तस्विरसहित)

काठमाडौं, साउन ६ । यतिबेला फिल्मी नगरीमा सबैभन्दा चर्चामा रहेकी पात्र मध्ये अभिनेत्री साम्राज्ञी आरएल शाह पनि एक हुन् । चर्चाको मूलकारण हो, उनको ‘विकिनी अवतार’ को सिरिज ।

दुई वटा फिल्मको छायांकन पूरा गरेपछि उनी छुट्टी मनाउन विदेश उडेकी थिइन् । ‘रातो टिका निधारमा’ र ‘मारुनी’ उनले भर्खरै छायांकन सकेका फिल्म हुन् । उनी यतिवेला इन्डोनेसियामा छिन् । र, उनले आफैं इन्स्टाग्राम मार्फत सार्वजनिक गरेका तस्बिरहरु हेर्दा लाग्छ, उनी मस्तीमा छिन् । केहीदिन अघि इन्डोनेसियाको जिम्ब्राविचमा विकिनी तस्बिर सार्वजनिक गरेकी उनले फेरि अर्को सिरिज सार्वजनिक गरेकि हुन् । यस पटक उनी नयाँ तन्नेरीसँग छिन् ।

तीन तस्बिरमा साम्राज्ञीलाई गहिरोगरी माया गरिरहेका तन्नेरी हुन् देवाङ्कस राणा । उनी उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा हुन् । देवाङ्कसले साम्राज्ञीको ओठ, छाती र कम्मरको पछाडिको भाग चुमेका छन् । तर, शुभचिन्तहरुको प्रतिक्रिया सकारात्मक नभएपछि उनले ती तस्बिरहरु हटाएकी छिन् ।

अभिनेत्री साम्राज्ञी शाह

त्यहीबीचमा उनले अर्को हट अवतारका तस्बिरहरु सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् । जुन तस्बिरमा उनले गोल्डेन कलरको ब्रा तथा बिकिनी सल लगाएकी छन् । पर्दामा बोल्ड भूमिकामा प्रस्तुत हुँदै आएकी उनी केही समययता ग्लेमरस तस्बिरहरुका कारण चर्चामा आइरहेकी छिन् । कहिले गाउँले भूमिका गर्न अस्वीकार गरेको कारण उनी आलोचित भएकिछन् भने कहिले दायाँ स्तनमुनी खोपेको ट्याटुको तस्बिर बाहिरिएपछि विवादमा फसेकीछन् ।

उनको प्रेम सम्बन्धको प्रशंगले पनि समय–समयमा फिल्म क्षेत्रलाई तताउने गरेको छ । मयंक खड्कासँग ब्रेकअप पछि उनी केही महिनायता उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा देवाङ्कससँगको प्रेममा रहेको चर्चा थियो । जसलाई माथिका तस्बिरले पुष्टि गरेका छन् ।

कमेन्ट गर्नुहोस्