पतञ्जलीका जुसमाथि अमेरिकामा प्रतिबन्ध, ३ वर्ष जेल सजाय हुन सक्ने

काठमाडौं । धार्मिक आवरणमा बजार बिस्तार गर्दै आएका रामदेवलाई ठूलो झटका लागेको छ । समय समयमा गुणस्तरहीन बस्तु उत्पादन गरेको आरोप खेप्दै आएका रामदेवको कम्पनी पतञ्जलीले उत्पादन गरेका दुईवटा जुसमाथि अमेरिकामा प्रतिबन्ध लागेपछि उनी समस्यामा परेका हुन । अमेरिकी खाद्य विभागले पतञ्जलीमाथि कानुनी कार्वाही गर्ने तयारी अघि बढाएको छ ।

अमेरिकी कानुन अनुसार, कम्पनी दोषी ठहरिएमा करिब ५ लाख नेपाली रुपैयाँ (३ करोड भारु) बराबर जरिवाना तिर्नुपर्ने हुन सक्छ । अमेरिकाको इएसएफडीए विभागबाट जारि गरिएको एक प्रतिवेदनमा उल्लेख भए अनुसार, पतञ्जली कम्पनीका दुई शर्बत ब्राण्डमा अलग अलग दावी गर्दै शर्बत बेच्नका लागि झूटो प्रचार गरिएको छ ।

कम्पनीले भारतमा बेच्ने जुसका उत्पादनमा बेग्लै र अमेरिकामा बेच्नेमा फरक किसिमको दावी गरेको विभागको भनाई छ । एकैप्रकारका जुसमा फरक फरक सूचना दिएर मानिसलाई भ्रममा राखेको र गलत सूचना दिएर उत्पादन बेच्न खोजेको आरोप पतञ्जलीमाथि छ । गलत उत्पादन बेचेको आरोप सिद्द भएमा पाँच लाख अमेरिकी डलर जरिवानाका साथै कम्पनीका अधिकारीहरुलाई ३ वर्ष सजाय समेत हुन सक्छ ।

कमेन्ट गर्नुहोस्