आदिवासी जनजाति महासंघ मलेसियाद्वारा लोकसेवाको बिज्ञापन खारेजीको माग

क्वालालम्पुर, साउन ६ । नेपाल आदिवासी जनजाति महासंघ राष्ट्रिय समन्वय समिति मलेसियाले लोकसेवा आयोगद्वारा प्रकाशित बिज्ञापन खारेजीको माग गरेको छ। महासंघ संघिय परिषद्को नेतृत्वमा भइरहेको बिरोध आन्दोलनलाई समर्थन तथा ऐक्यबद्धता जनाउँदै विज्ञापन असमावेशी र गैर संबैधानिक प्रकाशन गरेको भन्दै सोमबार महासंघका कार्यबाहक अध्यक्ष खेम मगर र महासचिव सबिन लोप्चनद्वारा हस्तक्षरित जारी गर्दै विज्ञापन खारेजीको माग गरेको हो।

बिज्ञप्तिमा लोकसेवा आयोगले मुलुकको सर्बोच्च कानुनमै ब्यबस्था भएको आरक्षणलाई बेवास्ता गर्दै समानुपातिक र समावेशिताको विरुद्ध बिज्ञापन प्रकाशन गरेको उल्लेख छ।लोकसेवाको बिबादास्पद विज्ञापनबारे असन्तुष्ट र आपत्ति जनाउदै महासंघले भर्त्सना समेत गरेको छ। आयोगले विज्ञापन परिमार्जन गरेर समावेशी, समानुपातिक मापदण्ड अनुसार पुनः प्रकाशन गर्न महासंघले माग गरेको छ।

केहिदिन अगाडि मात्रै आयोगले स्थानीय तहहरुमा स्थायी कर्मचारी पदपूर्तिको लागि ९ हजार १ सय ६१ कोटाको लागि विज्ञापन प्रकाशित गरेको थियो। महासंघ लगायत जातिय संस्थाहरुले उक्त विज्ञापनको बिरुद्ध संयुक्त रुपमा मन्त्रालयमा धर्ना तथा बिरोध प्रदर्शनका कार्यक्रम गर्दै आएका छन्।

महासंले जारी गरेको विज्ञप्ति

कमेन्ट गर्नुहोस्