केसीद्वारा जिल्ला सह–इन्चार्ज पदमा नबस्ने घोषणा

काठमाडौं, साउन ६ । रुकम पश्चिमका सह–इन्चार्ज शेरबहादुर केसीले पदमा नबस्ने घोषणा गरेका छन्। सोमबार एक वक्तव्य निकाल्दै केसीले आफू पार्टीको केन्द्रीय सदस्यरुपमा मात्रै काम गर्ने बताउँदै सहइन्चार्जमा नरहने घोषणा गरेका हुन् । उनले पदमा नबस्नेबारे पार्टीका केन्द्रीय अध्यक्षद्धयलाई लिखित निवेदनसमेत दिइसकेका छन् ।

नेता केसीले आफू एउटा जिल्लामा एकजना मात्रै इन्चार्ज, सहइन्चार्जको पक्षमा रहेको बताएका छन्। यसो भएमा जिल्ला पार्टीको व्यवस्थापन पनि राम्रो हुने बताएका छन्। यसअघि सिन्धुपाल्चोकमा सहइन्चार्ज तोकिएका अरुण नेपालले आफूलाई सहइन्चार्जमा राखेर पार्टीले अवमूल्यन गरेको भन्दै उक्त पदमा नबस्ने घोषणा गरेका थिए।

कमेन्ट गर्नुहोस्