कतारविरुद्ध नेपालको प्लेइङ ११ मा को–कोले पाउलान् मौका?

काठमाडौं, साउन ६ । सिंगापुरमा आजदेखि सुरु भएको आइसीसी टी–२० विश्वकप एसिया फाइनल छनोट अन्तर्गत भोलि नेपालले पहिलो पहिलो खेल खेल्दै छ । नेपालले पहिलो खेल  कतारसँग खेल्न लागेकाे हाे ।

नेपाल–कतारबीचको खेल नेपाली समयअनुसार बिहान ७ः१५ बजेदेखि सुरु हुनेछ । एसिया फाइनल खेल्ने पाँच राष्ट्रमध्ये नेपाल एक मात्र एकदिवसीय मान्यता प्राप्त पाएको टिम भएकाले उपाधि जित्ने बलियो सम्भावना छ । आईसीसी वरियतामा नेपाल ११ औं र कतार २१ औं स्थानमा छ ।

यो प्रतियोगिता सुरु हुनुअघि नेपालले मलेसियाविरुद्ध सिरिज जितेको थियो । उक्त सिरिजको तेस्रो खेलमा खेलाएको प्लेइङ सेट नै कतारविरुद्ध उत्रिन सक्छ । यद्यपि सिंगापुरको पिच तथा वातावरणले प्रभाव पार्नसक्ने भएकाले प्लेइङ ११ मा परिर्वतन पनि हुनसक्ने सम्भावना छ ।

नेपालको सम्भावित प्लेइङ–११ः पारस खड्का (कप्तान), विनोद भण्डारी (विकेटकीपर), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, राेहितकुमार पाैडेल, सन्दीप लामिछाने, पवन सरार्फ, अभिनाष बोहरा र करण केसी ।

सिंगापुर र मलेसियाको विजयी शुरुवात

सिंगापुरमा आजदेखि सुरु भएको आइसीसी टी–२० विश्वकप एसिया फाइनल छनोट २०१९ को दोस्रो खेलमा मलेसिया विजयी भएको छ । कुवेतलाई ४२ रनले हराउँदै मलेसिया विजयी भएको हो । मलेसियाले दिएको १६२ रनको लक्ष्य पाएको कुवेतले १८ ओभरमा सबै विकेट गुमाएर १२० रन मात्र बनाउन सक्यो ।

उसका लागि कप्तान मुहम्मद कशिफले ५१, उश्मान वाहीदले १६, आदन इदरिसले १२ रन बनाउनु बोहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा मलेसियाका मुहम्मद सयादतले ३, फित्री शाम, पवनदीप सिंह र सायद अजिजले २–२ विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १६२ रन बनायो ।

उसका लागि शाफिक शरिफले ३८, अमिनुद्दिन रम्लीले ३३, सायद अजिजाले ३८, कप्तान अहमद फैजले १५ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा कुवेतका मोहम्मद हसनले २, मुहम्मद कशिफ, लायस अहमद, सिराज खान र महोम्मद अश्लामले एकएक विकेट लिए ।

आजै भएको पहिलो खेलमा सिंगापुर विजयी भएको छ । कतारलाई ३४ रनले हराउँदै पहिलो खेलमा सिंगापुर विजयी भएको हो । सिंगापुरले दिएको १८७ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५३ रन बनायो ।

उसका लागि मोहम्मद रिजलनले अविजित ३३, कप्तान तमूर सजादले ३८, मोहम्मद तनबीरले २६, फैसल जाभिदले २९ र इनमउल हकले ११ रन बनाउनुबोहक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा सिंगापुरका जनक प्रकाश, अम्जाद महबुबले ३–३, सेलादोरे विजयकुमार, चेतन शूर्यवंशी र विनोथ भास्करले एकएक विकेट लिए ।

यसअघि घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनायो । उसका लागि सुरेन्द्रन चन्द्रमोहनले ४७, टिम डभिडले ३८, मनप्रीत सिंहले ३४, रोहन रंगर्जानले ३२, अनिस प्रणामले १० रन बनाए । बलिङमा कतारका इकबाल हुसैनले ४, नुवाव सरवारले २ र तमूर सजादले एक विकेट लिए ।

……………………………

नेपाल फाइनलको शीर्षमा पुगे विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ । ग्लोबल छनोट ११ अक्टोबरदेखि ३ नोभेम्बरसम्म यूएईमा हुँदैछ । यूएई भने आयोजकको रुपमा स्वतः ग्लोबल छनोटमा प्रवेश गरिसकेको छ ।

एसिया फाइनलमा नेपालको पहिलो खेल कतारविरुद्ध छ । यी दुई टिमबीचको खेल २३ जूलाईमा हुँदैछ । यस्तै नेपालले दोस्रो खेलमा मलेसियाविरुद्ध २४ जुलाई, २७ जुलाईमा कुवेत र २८ जूलाईमा सिंगापुरसँग खेल्ने छ ।

एसिया फाइनल खेल्ने पाँच राष्ट्र मध्ये नेपाल मात्र एकदिवसीय मान्यता प्राप्त पाए देश हो । अन्य टिमभन्दा नेपाललाई बलियो मानिएकाले उपाधि जित्दै ग्लोबल छनोटमा पुग्ने आकलन पनि गरिएको छ ।

आईसीसी वरियतामा नेपाल ११ औं स्थानमा छ । नेपालपछि वरियतामा कतार २१ औं स्थानमा छ । यस्तै आयोजक सिंगापुर २३ औं, कुवेत २८ औं र मलेसिया ३५ औं स्थानमा रहेका छ ।

एसिया फाइनलको शीर्ष स्थानमा रहने टिमले आउँदो नोभेम्बरमा यूएईमा हुने आईसीसी टि–२० विश्वकप छनोटमा स्थान पक्का गर्नेछ ।

क्षेत्रिय छनोटबाट आएका अफ्रिका, अमेरिका, एसिया, युरोप र पूर्वी एसिया प्यासिफिकका राष्ट्रसंगै गत संस्करणको टि–२० विश्वकप खेलेका राष्ट्र हङकङ, आयरल्याण्ड, नेदरल्याण्ड, ओमान, स्कटल्याण्ड, आयोजक युएई र जिम्बाबे गरि १४ राष्ट्रको सहभागिता हुने छन् । विश्वकप छनोटमा शीर्ष ६ स्थान सम्मका राष्ट्रले आगामी बर्ष अस्ट्रेलियामा हुने आईसीसी टि–२० विश्वकपमा सहभागिता जनाउने मौका पाउने छन् ।

कमेन्ट गर्नुहोस्