आलोचकलाई साम्राज्ञीले दिइन् कडा जवाफ

काठमाडौं । प्रेमीसँगको खिचेको उत्तेजक तस्बिर भाइरल भएपछि नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहको चर्को आलोचना भइरहेको छ । प्रेमी देवांश रानासँग इन्डोनेसियाको समुन्द्री किनाराको बालुवामा खिचिएको साम्राज्ञीको विकिनी तस्बिर भाइरल भएपछि उनको कडा आलोचना भइरहेको हो ।

नायिका शाहले आलोचना गर्नेलाई जवाफ पनि कडा नै फर्काएकी छिन् । ‘हाती चले बजार, कुत्ते भुके हजार’ भन्दै उनले आफ्नो इन्स्टाग्राम स्टोरीमा सेयर गरेकी छिन् । नायिका शाहले यो पोस्ट मार्फत् आलोचनाले केही फरक नपर्ने उल्लेख गरेकी छन् । साथै उनले आफूलाई हात्ती र आलोचकलाई कुकुर भन्ने संकेत गरेकी छन् ।

साम्राज्ञी ‘रातो टिका निधारमा’ फिल्मको छायांकनपछि फुर्सदमा छिन् । फुर्सदको समयमा उनी प्रेमीसँग घुमघाम गर्न इन्डोनेसियाको बाली पुगेकी हुन् ।

कमेन्ट गर्नुहोस्