अन्तरजातीय विवाह गरे २ लाख जरिवाना, युवतीले मोबाइल चलाउन नपाउने !

सामाजिक विभेद् कानुनी रुपमै दण्डनीय हुनुपर्ने मुद्दा संसारभर चलिरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहक्षेत्र गुजरातमै त्यस्तो कानुनलाई चुनौती दिने चलन रहेछ । भारतको गुजरातको दन्तेवाडास्थित ठाकुर समुदायमा यदी कुनै युवा/युवतीले अन्तर्जातीय विवाह गरेको खण्डमा दण्ड सजाय नै भोग्नुपर्ने नियम छ ।

ठाकुर समुदायका युवा÷युवतीले प्रेममा परेर विवाह गरेको खण्डमा १ लाख ५० हजार भारु जरिवानाको रुपमा तिर्नुपर्छ । यहाँका १२ गाउँमा बसोबास गर्दैआएका ठाकुर समुदायले यस्तो नियम लागु गरेका हुन् । साथै यहाँका अविवाहित युवतीलाई मोबाइल फोन चलाउन समेत प्रतिबन्ध लगाइएको छ ।

याे पनि पढ्नुस  ‘नक्कली आइडी बनाएर आफ्नै श्रीमानलाई मायाको जालमा फसाउँदैछु’

पछिल्लो समय अन्तर्जातीय विवाहको क्रम बढेसँगै यस्तो नियम ती समुदायले बनाएको बताइन्छ । त्यसो त, जरिवाना पनि युवा र युवतीका लागि फरक बनाइएको छ । यदी ठाकुर समुदायकी युवतीले अन्य जातिको युवकसँग प्रेममा परेर विवाह गरिन् भने उनको परिवारले डेढलाख जरिवाना तिर्नुपर्छ ।

याे पनि पढ्नुस  विश्वविद्यालयका छात्रहरुले युवती जिस्क्याएपछि हिंश्रक झडप, २० राउण्ड फायरिङ, एकको मृत्यु

तर ठाकुर युवकले त्यसैगरी अन्य जातिको युवतीसँग विवाह गर्ने ठाकुर युवकको लागि २ लाख जरिवाना तय गरिएको टाइम्स अफ इन्डियाले जनाएको छ । गत जुलाइ १४ मा मात्रै १२ गाउँका ८ सयजति ठाकुर अगुवा र युवाहरुको भेलाले ९ बुँदे नियम तयार पारेको थियो । उक्त समुदायका जोसुकैले पनि नियम अवहेलना गरेको खण्डमा दण्डित हुनुपर्ने उनीहरुले बताएका थिए । अनौठो त के भने, कंग्रेसका सांसद गेनिबेन नागाजी यही समुदायको प्रतिनिधित्व गर्छिन् । जो आफैँ पनि यस्तो नियम लगाइएकोमा समर्थन जनाउँदैआएकी छन् । एजेन्सी

याे पनि पढ्नुस  भारतले जित्ला टि–२० मा लगातार चौथोपटक? यस्तो छ दुबै टिमको सम्भावित प्लेइङ ११

कमेन्ट गर्नुहोस्