गृह सहसचिवको गाडी समात्ने ट्राफिक प्रहरीलाई स्पष्टीकरण

काठमाडौं, साउन ६ । गएको असार ११ गते गृहमन्त्रालयका प्रवक्ता तथा सहसचिव रामकृष्ण सुवेदी सवार गाडी समात्ने ट्राफिक प्रहरीलाई स्पष्टीकरण सोधिएको छ। सरकारले जारी गरेको निषेधित क्षेत्रमा नियम मिचेर पार्किङ गरेको सरकारी गाडी समात्ने ट्राफिक जवानद्वय टीकाराम बुढा र कमलेश कुमारलाई ट्राफिक प्रहरी महाशाखा प्रमुख वसन्त पन्तले स्पष्टीकरण सोधेका हुन्।

याे पनि पढ्नुस  तीव्रगतिका कारण नरपानी दुर्घटनाः छानबिन समिति    

असार ११ गते बिहान साढे १० बजेको समयमा सिंहदरबारको पूर्वी गेटमा नियम मिचेर पार्किङ गरेको गाडीको ह्वील ‘लक’ लगाउने ट्राफिकद्वयलाई सडकमै दोसल्लासहित सम्मान थापेको भन्दै महाशाखाले स्पष्टीकरण सोधेको स्रोतले जनाएको छ।

कमेन्ट गर्नुहोस्