प्रधानमन्त्री इमरान खानको दाबीः ‘पाकिस्तान बन्छ, दुनियाको बलियो टिम’

काठमाडौं, साउन ६ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अब पाकिस्तानी क्रिकेट टिम बलियो बनाइने बताएका छन् ।

हालै इंग्ल्याण्डमा सम्पन्न वानडे विश्वकपमा पाकिस्तानले खराब प्रदर्शन गरेपछि प्रधानमन्त्री खानले यस्तो बताएका हुन् ।

अहिले अमेरिका भ्रमणमा रहेका उनले पाकिस्तानलाई सबैभन्दा बलियो टिम बनाउने योजनाका साथ काम भइरहेको जानकारी दिए ।

पूर्व क्रिकेटरसमेत रहेका इमरानले आफ्नो यो कुरा याद गर्न पनि सबैलाई आग्रह गरेका छन् । उनले १९९२ को विश्वकपको उपाधि दिलाएका थिए । अहिले प्रधानमन्त्री खान तीन दिने अमेरिका भ्रमणमा छन् ।

कमेन्ट गर्नुहोस्