टि–२० विश्वकप छनोटः नेपाल र कतारको खेल ढिला शुरु हुने

काठमाडौं, साउन ७ । सिंगापुरमा जारी आइसीसी टी–२० विश्वकप एसिया फाइनल छनोट अन्तर्गत नेपाल र कतार विरुद्धको खेल निर्धारित समयमै सुरु नहुने भएको छ । प्रतिकूल मौसमका कारण पिचमा समस्या देखिएपछि खेल निर्धारित समयमै सुरु हुन नसकेको हो ।

खेल ७ः१५ मै सुरु हुनुपर्ने भएपनि अहिलेसम्म टससमेत हुन सकेको छैन । एसिया फाइनल खेल्ने पाँच राष्ट्रमध्ये नेपाल एक मात्र एकदिवसीय मान्यता प्राप्त पाएको टिम भएकाले उपाधि जित्ने बलियो सम्भावना छ । आईसीसी वरियतामा नेपाल ११ औं र कतार २१ औं स्थानमा छ ।

यो प्रतियोगिता सुरु हुनुअघि नेपालले मलेसियाविरुद्ध सिरिज जितेको थियो । उक्त सिरिजको तेस्रो खेलमा खेलाएको प्लेइङ सेट नै कतारविरुद्ध उत्रिन सक्छ । यद्यपि सिंगापुरको पिच तथा वातावरणले प्रभाव पार्नसक्ने भएकाले प्लेइङ ११ मा परिर्वतन पनि हुनसक्ने सम्भावना छ ।

नेपालको सम्भावित प्लेइङ–११ः पारस खड्का (कप्तान), विनोद भण्डारी (विकेटकीपर), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, पवन सरार्फ, अभिनाष बोहरा र करण केसी ।

कमेन्ट गर्नुहोस्