टि–२० विश्वकप छनोटः १२२ रनमै समेटियो नेपाल

काठमाडौं । सिंगापुरमा जारी आइसीसी टी–२० विश्वकप एसिया फाइनल छनोट अन्तर्गत पहिलो खेलमा नेपालले कतारलाई १२३ रनको लक्ष्य दिएको छ । सिंगापुरको इन्डियन एशोसिएट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२२ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३४, कप्तान पारस खड्काले २८, ज्ञानेन्द्र मल्लले २३, सोमपाल कामीले ११, सन्दीप लामिछानेले ९, शरद भेषावकरले ७, करण केसीले ४ रन बनाए ।

याे पनि पढ्नुस  नेपाललाई दोस्रो झड्का, ज्ञानेन्द्र मल्ल २३ रनमा आउट (LIVE)

बलिङमा कतारका इकबाल हुसैनले ३, तमूर सज्जाद, लनउमान सनवारले २–२ र इनाम उल हकले एक विकेट लिए । छनोट प्रतियोगितामा नेपालसहित आयोजक सिंगापुर, कुवेत, मलेसिया र कतार गरी पाँच राष्ट्रको सहभागिता रहेको छ । नेपालले साउन ८ गते मलेसियासँग दोस्रो, साउन ११ गते कुवेतसँग तेस्रो र साउन १२ गते आयोजक सिंगापुरसँग चौथो खेल खेल्नेछ।

याे पनि पढ्नुस  नेपाल भर्सेस कतार, शरद सस्तैमा आउट (LIVE)

उक्त प्रतियोगिताको शीर्ष स्थानमा आउने एउटा टोलीले टीट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने अवसर पाउनेछ । विश्वस्तरीय छनोट प्रतियोगिता आगामी अक्टोबरमा संयुक्त अरब इमिरेट्समा आयोजना हुनेछ । १४ टोलीको सहभागिता रहने विश्वस्तरीय छनोट प्रतियोगिताको शीर्ष स्थानमा आउने ६ टोलीले भने सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने टीट्वेन्टी विश्वकप खेल्ने अवसर पाउनेछन् ।

कमेन्ट गर्नुहोस्