चलचित्र ‘हेल्लो काँशीराम’को छायाँकन शुभारम्भ

काठमाडौं, साउन ७ । रिम विश्वकर्माको निर्माण निर्देशनमा बन्ने नेपाली कथानक चलचित्र ‘हेल्लो काँशीराम’को छायाँकन शुभारम्भ गरिएको छ ।

कमेडी जनराको चलचित्रमा पछिल्लो समय म्यूजिक भिडियोमा व्यस्त अभिनेता दिलिप रायमाझी र नवज्योति रसाइलीको मुख्य भूमिका रहने छ । चलचित्र ‘हेल्लो काँशीराम’ पूर्ण हाँस्य प्रधान चलचित्र बन्ने निर्देशक रिम बिस्वकर्माले बताए ।

पी.बि.थापा सह–निर्माता रहेको चलचित्रलाइ यम आलेमगरले छायाँकन गर्दैछन् भने जीवन गौतमले मुख्य सहायक निर्देशन गर्दैछन् । २५ दिनमा छायांकन सक्ने योजनासहित सोमबारबाट चलचित्रको छायाँकन प्रारम्भ भएको छ । चलचित्रमा शंकर महर्जनको द्वन्द, दिपेन्द्र हमालको शृंगार र लिसन डिसी प्रोडक्सन म्यानेजर रहेका छन् ।

चलचित्रमा दिलिप र नवज्योतिको अलावा अर्जुन गुरुङ,उमेश मायालु,उमेश राइ सरोज केसी,सुमन खाँड लगाएतका कलाकारको मुख्य भूमिका रहनेछ ।

कमेन्ट गर्नुहोस्