हावाहुरी पीडितलाई सनराईज बैंकको डेढ लाख सहयोग

धनगढी, साउन ७ । जेठ २३ गते आएको हावाहुरी पिडितहरुलाई राहत वितरणका लागि सनराईज बैंकले सोमबार सहयोग गरेको छ ।

सनराईज बैंक प्रदेश कार्यालय धनगढी प्रमुख सुरेन्द्र शाही र शाखा प्रवन्धक धर्म बिष्टले धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र प्रमुख प्रशासकिय अधिकृत नारायण प्रशाद सापकोटालाई हावाहुरी पिडितका लागि भन्दै डेढ लाखको चेक हस्तान्तरण गरेका हुन ।

याे पनि पढ्नुस  मिटर ब्याजीको जालो बन्दै धनगढी

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले हावाहुरीको घाउमा मलम लगाउनका लागि सहयोग गर्ने सनराईज बैंकप्रति आभारी भएको बताए । उनले भने, सबै सहयोगि हातहरुलाई धन्यवाद दिन चाहन्छु । धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले मंगलबारदेखि सबै वडा तहमा नै हावाहुरी पीडितलाई राहत वितरण गरिने बताए । सनराईज बैंक प्रदेश कार्यालय धनगढी प्रमुख सुरेन्द्र शाही बिपदमा परेकाहरुलाई सहयोग गर्नु सबैको दायत्वि भएको बताए । मानवीयता र सामाजिक उत्तरदायित्वका क्षेत्रमा सनराईज एसिया बैंकले सधै सहयोग गर्ने बताए ।

याे पनि पढ्नुस  धनगढीमा ग्रयान्ड अष्ट्रेलियन एण्ड क्यानडा एजुकेशन सेमिनार सम्पन्न

कमेन्ट गर्नुहोस्