भोलिवाद त्याग्न नगरप्रमुखको निर्देशन

धनगढी, साउन ७ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भोलिवाद त्याग्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

शोमबार धनगढी उप–महानगरपालिका आव २०७६–०७७ को नीति कार्यक्रम तथा बजेटको अख्तीयारी प्रदान गर्न आयोजित कार्यक्रममा नगरप्रमुख वडले कर्मचारीहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

स्थानीय तह र जनताहरुको प्रत्यक्ष सम्बन्ध जोडिएको हुन्छ नगरप्रमुख वडले भने, कुनैपनि बाहनामा फाईल अड्काएर नराख्नुहोला । समस्या भएमा सहजीकरण जनतालाई सजिलो हुने गरी काम गर्नुहोला नगरप्रमुख वडले भने, भोलिको काम आजै र आजको काम अहिले नै गर्न म सबै कर्मचारीहरुलाई आग्रह गर्दछु ।

कुनैपनि बाहनामा जनताले दुःख पाउनु हुँदैन नगरप्रमुख वडले भने, कुनै समस्या छ भनेपनि नगरपालिकाको नेतृत्व सहजीकरण गर्न तयार छ । धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद सापकोटाले कानूनमा नै नगरसभाले नगरप्रमुखलाई दिएको अख्तीयारी साउन ७ गतेभित्र प्रमुख प्रशासकीय अधिकृतलाई दिनुपर्ने व्यवस्था रहेको बताए ।

प्रमुख प्रशसकिय अधिकृत सापकोटाले नगर प्रमुख बाट प्राप्त भएको अख्तीयारी आफुले कानुन अनुसार पुरा गर्ने बताए ।

कमेन्ट गर्नुहोस्