चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को ‘दुबो फुल्यो’ गीत सार्वजनिक

काठमाडौं, साउन ७ । नेपाली कथानक चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को ‘दुबो फूल्यो’ पहिलो गीत सोमबार सार्वजनिक भएको छ ।

यस अघिमात्र सार्वजनिक भएको टीजरलाई दर्शकले अत्याधिक रुचाएपछि निर्माण टिमले चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा लोक लयको ‘दुबो फूल्यो’ बोलको गीत सार्वजनिक गरेको हो । यो गीतले बजार तताउने छनक देखाएको छ ।

एसडी योगीको संगीत रहेको गीतको शब्द हर्क साउदले लेखेका हुन् । गीतमा गायक हेमन्त राना र रितिका श्रेष्ठले आवाज भरेका छन् । गीतको निर्देशन रेनशा वान्तवा राईले गरेकी हुन् भने कोरियोग्राफी वाइल्ड रिपर्ज ग्रुपको छ । गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरु दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी र विल्सन विक्रम राई प्रमुख फिचर्ड छन् ।

बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराललगायत कलाकारहरुलाई पनि गीतको भिडियोमा अटाइएको छ । निर्माण टिमले यही गीतमाथि कभर भिडियो प्रतिस्पर्धा पनि आयोजना गरेको छ । पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः १ लाख, ७५ हजार र ५१ हजार रुपैयाँ पुरस्कार छ । सार्वजनिक गीतको अडियो र भिडियो दुबै उत्कृष्ट बनेको छ ।

रामबाबु गुरुङ निर्देशित ‘कबड्डी कबड्डी कबड्डी’ले स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा वाचन गरेको छ । यसको कथा निर्देशक निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् । यो फिल्म बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको हो । हेर्नुहोस् दुबो फुल्यो गीतको यो भिडियो-

कमेन्ट गर्नुहोस्